आधुनिकीकरणतर्फ विकास भएको चीनद्वारा विश्वलाई मानवजातिको प्रगतिलाई अरू योगदान गर्ने
2023-04-06 10:21:32cri
Share with:

 साझा समृद्धि समाजवादको अत्यावश्यकता हो साथै जनताको साझा अपेक्षा पनि हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ राष्ट्रिय महाअधिवेशनमा प्रतिवेदन पेस गर्दा चिनियाँ शैलीको आधुनिकीकरणका पाँच वटा पक्षबारे व्याख्या गर्नुभएको थियो। समस्त जनता साझा समृद्धिको आधुनिकीकरण नै तीमध्येको एक पक्ष हो।

सन २०२१ को जुलाइ १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सयौँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सी चिनफिङले घोषणा गर्नुभएको थियो कि चीनले सम्पन्न समाजको स्थापना कार्य समष्ट रूपमा पूरा गरी निरपेक्ष गरिबी समस्याको ऐतिहासिक रूपमा समाधान गरेर पहिलो शतवार्षिक लक्ष्यलाई पूरा गरेको छ। सम्पन्न समाजको निर्माण पूरा गर्ने उपलब्धि पाउन असहज छ। सन् २०१३ देखि ८ वर्षसम्मको लगातार प्रयासमा चीनले समयमै गरिबी निवारण लक्ष्य पूरा गरेको थियो भने वर्तमान मापदण्डमा ९ करोड ८९ लाख ९० हजार ग्रामीण गरिब जनतालाई गरिबीमुक्त गराएको छ। ८३२ वटा गरिब जिल्ला र १ लाख २८ हजार गरिब गाउँलाई गरिबीबाट मुक्त गराएको छ र क्षेत्रीय समस्त गरिब समस्याको समाधान गरिएको छ। यसरी नै संयुक्त राष्ट्र संघको सहस्राब्दी विकास लक्ष्यमा गरिबी निवारण लक्ष्यको पूरा गरेको पहिलो विकासोन्मुख मुलुक चीन बनेको छ भने विश्वको गरिबी निवारणको योगदान दर ७० प्रतिशत नाघेको छ।

फ्रान्सेली सिनेटका उपाध्यक्ष एवम् फ्रान्स कम्युनिष्ट पार्टी राष्ट्रिय समितिका अध्यक्ष पिएर लोलानले धेरै पटक चीनको भ्रमण गर्नुभएको छ। उहाँले भन्नुभयो, हरेक केही वर्ष चीन पुग्दा विशाल परिवर्तन र विकासबाट मलाई निकै अचम्म लाग्छ, विगत दश वर्ष चीनको निरन्तर रूपमा तिव्र गतिले विकास भएको छ तीमध्ये सबभन्दा अचम्म लागेको कुरा भने चीनले निरपेक्ष गरिबीको सम्पूर्ण रूपमा निवारण गरी समयमै सम्पन्न समाजको निर्माण गर्न पूरा गरेको छ, चिनियाँ कम्युनिष्ट पार्टीले वचनको पालना गरेको छ।

चीन सम्पन्न समाजको निर्माण गर्न पूरा गरी स्थिर रूपमा साझा समृद्धितर्फ विकास गरेको अवधिमा चिनियाँ शैलीको आधुनिकीकरणले मानवजातिको आधुनिकीकरणलाई नयाँ छनौट प्रदान गरेको छ साथैअरू बढी चिनियाँ कार्यक्रम र शक्ति प्रदान गरेको छ। पेरूका विद्वान कालोस अर्जिनोको विचारमा चीनको साझा समृद्धि अनुभव अरू मुलुकले सिक्ने लायक छ। उहाँले आह्वान गर्नुभयो कि विभिन्न मुलुकले अझ न्याय सम्पत्ति वितरण गर्न प्रयास गर्नुपर्छ।

हाम्रो कोशिशमा सन् २०२२ जुनको अन्तसम्म चीनले वेल्ट एन्ड रोड वरिपरिका १४९ वटा मुलुक, ३२ वटा अन्तर्राष्ट्रिय संगठनसँग २०० भन्दा बढी सहयोग पत्रमा हस्ताक्षर गरेको छ। ती मुलुकका थुप्रै पुल, मार्ग, बन्दरगाह निर्माण भएका छन् भने दशौँ करोडौँ जनताको जीवनको सुधार भएका छन्।

सबै मुलुक संयुक्त विकास नै साँच्चिकै विकास हो भने सबै साझा समृद्धि नै साँच्चिकै समृद्धि हो। मानवजातिले खुशी जीवन खोज्ने क्रममा कुनै राष्ट्र पनि छुट्नु हुँदैन। आधुनिकीकरणतर्फ विकास भएको चीनले विश्वलाई अरू बढी मौका प्रदान गरी मानवजातिको प्रगतिलाई अरू योगदान गर्नेछ।