सी चिनफिङ र माक्रोनबीच भेटवार्ता
2023-04-06 16:24:46CRI
Share with:

अप्रिल ६ तारिख अपरान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन वृहत् सभा भवनमा चीनको भ्रमणमा रहनुभएका फ्रान्सका राष्ट्रपति इमानूएल माक्रोनसँग भेटवार्ता गर्नुभएको छ। 

राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति माक्रोनलाई तीन वर्षपछि चीनको राजकीय भ्रमण गर्नुभएकोमा स्वागत व्यक्त गर्नुभयो। उहाँले तीन वर्षयता दुई पक्षको साझा प्रयासमा चीन र फ्रान्सको सम्बन्धलाई सकारात्मक र स्थिर विकास प्रवृत्तिलाई कायम राखेको पनि बताउनुभयो। उहाँले दुई मुलुकले कोरोनाभाइरस महामारीविरुद्ध एक अर्कालाई समर्थन दिएको तथा द्विपक्षीय व्यापार रकममा तीव्र रुपमा वृद्धि भएको र दुई मुलुकले जलवायु परिवर्तन, जैविक विविधता, अफ्रिकी विकासआदि विषयहरूमा घनिष्ठ आदान-प्रदान र सहकार्य गरेको बताउनुभयो। 

सीकाअनुसार, राष्ट्रपतिको चीन भ्रमण चीनको वैदेशिक आदान-प्रदान चौतर्फी रुपमा पुनःशुरू भएको र चीनका दुईवटा अधिवेशनको सफलताका साथ आयोजना भएपछि यूरोपेली मुलुकका राष्ट्रनायकको पहिलो चीनको भ्रमण हो।

सीले माक्रोनको चीन भ्रमणले चीन र यूरोपको सम्बन्धको विकासका लागि नयाँ जीवन्त शक्ति थप्ने विश्वास व्यक्त गर्नुभयो।