चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको थाइवान मामिला कार्यालयका प्रवक्ताले आज अप्रिल ७ तारिख “स्वतन्त्र थाइवान पक्षधर” की खराब तत्व हिआउ बी खिमलाई प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ।
प्रवक्ताले “स्वतन्त्र थाइवान पक्षधर” की खराब तत्व हिआउ बी खिमले अमेरिकामा निर्भर रहेर थाइवानको स्वतन्त्रताको पक्षधरमा दुई किनारा बीच फाटो ल्याउनखोज्नुका साथै थाइवान जल डमरुका शान्ति तथा स्थिरतालाई ध्वस्त पारेकी बताउनुभयो। चीनको मुख्य भूमिले हिआउ बी खिमलाई प्रतिबन्ध लगाउँदै उनी र उनका आफन्तहरु चीनको मुख्य भूमि र हङकङ तथा मकाउमा प्रवेश गर्न निषेध गर्नुका साथै उनका लगानीकर्ता र सम्बन्धित व्यवसायले मुख्य भूमिका संगठन र व्यक्तिसँग सहयोग गर्न निषेध गर्ने निर्णय गरेको छ। यसका साथै उनलाई कानून बमोजिम सबै आवश्यक कारवाही गरिने छ।
राष्ट्रिय सार्वभौमिकता अथवा प्रादेशिक अक्षुणताको संरक्षण गर्ने चीनको दृढ अठोट तथा शक्तिशाली क्षमतालाई कुनै पनि व्यक्ति अथवा शक्तिले कम आँक्न नहुने पनि प्रवक्ताले औँल्याउनुभयो।