चीनमा उद्यम गरिरहेका अर्जेन्टिनाका युवा फङ थ्येनमू
2023-04-07 10:22:10cri
Share with:

 

विश्वविद्यालयमा पढ्दैगर्दा अर्जेन्टिनाका युवा फङ थ्येनमूले चीनको विकासमाथि ध्यान दिनुभएको थियो। सन् २०१६ मा अध्ययन गर्न उहाँ चीन आउनुभएको थियो। स्नातक भएपछि उहाँले चीनमा आफ्नै उद्यम थाल्नुभएको छ।

 

यो फङ थ्येनमूले सामाजिक सञ्जालमा आफ्नो उत्पादन वस्तुबारे प्रचार-प्रसार गर्दै भन्नुभएको कुरा हो। फङ थ्येनमू अर्जेन्टिनाबाट आउनुभएको हो। अर्जेन्टिना चीनबाट सबैभन्दा टाढा मुलुकहरूमध्येको एक हो। उहाँकाअनुसार, अर्जेन्टिनाबाट विमानद्वारा तीस घण्टामा चीन पुग्नसकिन्छ। तर टाढाको मुलुक चीनले फङ थ्येनमूलाई आकर्षित गरेको छ।

 

“विश्वविद्यालयमा पढ्दा मैले वाणिज्यप्रति चासो लिन थालेँ। त्यस अवधिमा मैले चीनको आर्थिक विकासमाथि ध्यान दिएँ। मैले चीनको विकासमा संलग्न हुने निर्णय गरेँ।”

 

सन् २०१६ मा फङ थ्येनमू छिङव्हा विश्वविद्यालयको स्वर्चम्यान अध्ययन प्रतिष्ठानमा भर्ना भई वाणिज्यसम्बन्धमा मास्टर डिग्रीसम्मको अध्ययन गर्नुभयो। उहाँले चीनको विभिन्न क्षेत्रको भ्रमण गर्ने मौका पनि पाउनुभएको छ। चीनको विभिन्न क्षेत्रको भ्रमण गर्नुभएपछि उहाँले एक वर्षमा चीनबारे जानकारी लिन नसक्ने ठहर लिनुभयो। मास्टर डिग्री प्राप्त गर्नुभएपछि फङ थ्येनमूले चीनका लागि अर्जेन्टिनाको राजदूतावासमा रोजगार पाउनुभयो। उहाँले राजदूतावासमा अर्जेन्टिना र चीनको व्यापार र लगानीसम्बन्धी काम गर्नुभयो। त्यस अवधिदेखि उहाँले चीनको ठूलो बजारबारे गहिरो रुपमा जानकारी लिनुभयो। उहाँ भन्नुहुन्छ “मैले आफ्नो कम्पनीको स्थापना गर्ने योजना बनाएको थिएँ। म वाणिज्य वकिल भएँ। चीनको सेवा उद्योग-व्यवसायबाट सम्बन्धित अनुभव सङ्ग्रह गरेँ। राजदूतावासमा काम गर्दा मैले चीनको बजारबारे जानकारी लिएँ। जसबाट आफ्नो कम्पनी खोल्न विश्वास प्राप्त भयो।”

 

फङ थ्येनमूकाअनुसार, चिनियाँहरूको जीवन क्रमशःराम्रो बन्दैछ। खानेकुरा क्षेत्रमा चिनियाँको छनौटमा विविधता छ। चिनियाँले खानेकुराको गुणस्तरमा महत्व दिन्छन्। फङ थ्येनमूले खेलकुद, कसरत, स्वास्थ्यवर्द्धक खानेकुराप्रति चासो लिनुहुन्छ। त्यसैले उहाँले स्वस्थ खानेकुरालाई आफ्नो उद्यमको लक्ष्यको रुप बनाउनुभयो। उहाँले दुई वर्षअघिदेखि उद्यम थाल्नुभयो। फङ भन्नुहुन्छ “चीनमा उद्यम गरिरहेको अनुभव हालसम्म मेरो जीवनको सबैभन्दा ठूलो साहसिक कार्य हो। यो चुनौतीको कुरा पनि हो। चीनको ठूलो उपभोग बजार छ। साथै उत्पादित वस्तुप्रति उपभोक्ताको ठूलो माग छ। जस्तै भनौँ‌ उपभोक्ताले राम्रो गुणस्तर, राम्रो मूल्यको उत्पादन वस्तुको अपेक्षा लिन्छन्। त्यसैले हामीले चिनियाँ उपभोक्ताको माग पूरा गर्न प्रयास गर्नुपर्छ।”

 

फङ थ्येनमूले चीनको इन्टर्नेटको तीव्र विकास, इ-वाणिज्यको प्रत्यक्ष प्रमासणमार्फन सामानको विक्री गर्ने ढाँचाको मौका छोपेर आफ्नो उद्यम सपना साकार तुल्याउनुभएको छ। उहाँले प्रत्यक्ष प्रसारणमार्फत आफ्नो उत्पादन वस्तुको विक्री गर्नुका साथै आफ्नो सामाजिक सञ्जालमा भिडियो प्रकाशित गरी आफ्नो उत्पादनको प्रचार-प्रसार गर्नुभएको छ।