राष्ट्राध्यक्ष सी चिनफिङ तथा युरोपेली संघ परिषद्का अध्यक्ष भोन डेर लेयेनसँग भेटघाट
2023-04-07 14:55:11cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल ६ तारिख जन बृहत् सभा भवनमा युरोपेली संघ परिषद्का अध्यक्ष भोन डेर लेयेनसँग भेटघाट गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले चीनले सधैँ नै युरोपेली संघलाई अन्तर्राष्ट्रिय प्रारूपमा रहेको एउटा रणनीतिक शक्तिको रूपमा व्यवहार गर्नुका साथै सधैँ नै चीन युरोप सम्बन्धलाई चीनको कूटनीतिको अग्र दिशाको रूपमा व्यवहार गर्दै आएको औँल्याउनुभएको छ। युरोपसँगै मिलेर राम्रो परम्परा र घनिष्ट सम्पर्कलाई कायम राख्दै रणनीतिक पारस्परिक विश्वासलाई प्रबर्द्धन गरी आपसी हितयुक्त र साझा जीत हुने सहर्कायमा नजर पुर्याएर संयुक्त हस्तक्षेप र चुनौतीलाई मेटाउँदै चीन युरोप सम्बन्धको उच्चस्तरीय विकासलाई साकार तुलाउँदै जान चीन इच्छुक रहेको पनि उहाँले बताउनुभएको छ।

 

प्रत्युत्तरमा अध्यक्ष भोन डेर लेयेनले एक मात्र चीन नीतिमा परिवर्तन गर्ने विचार युरोपेली संघले नगरेको भन्दै जन गणतन्त्र चीन सरकार चीनको प्रतिनिधित्व गर्ने एउटा मात्र वैधानिक सरकारलाई मान्यता दिनुका साथै थाइवान जल डमरू क्षेत्रको शान्ति र स्थिरतालाई कायम राख्दै जाने आशा युरोपेली संघले गरेको पनि उहाँले पुनर्पुष्टी गर्नुभएको छ।