राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चिनियाँ र फ्रान्सेली व्यवसायी परिषद्को पाँचौँ सम्मेलनको समापन समारोहलाई सम्बोधन
2023-04-07 14:56:57cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल ६ तारिख फ्रान्सेली राष्ट्रपति म्याक्रोनसँग चिनियाँ र फ्रान्सेली व्यवसायी परिषद्को पाँचौँ सम्मेलनको समापन समारोहमा सहभागी हुँदै सम्बोधन गर्नुभएको छ।

 

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले हाल विश्वमा जटिल परिवर्तन भइरहेको सिलसिलामा अधिकांश कठिनाई र चुनौतीको सामना गर्दा चीन र फ्रान्स दुवै देशले साँच्चिकै बहुपक्षीयतावाद, स्वतन्त्र व्यापार र अर्थतन्त्रको विश्वव्यापीकरणलाई कायम राखेकाले द्विपक्षीय आर्थिक र व्यापारिक सहकार्यको लचिलोपन र जिवन्त शक्तिलाई ठूलो मात्रामा प्रबर्द्धन गरेको औँल्याउनुभएको छ।

द्विपक्षीय व्यापारिक रकम, आपसी प्रत्यक्ष लगानी दुवै नै स्थिर रूपमा अघि बढ्नुका साथै हरित उपभोग्य, हरित ऊर्जा र विज्ञान प्रविधिको सिर्जनशीलता लगायतका उदियमान क्षेत्रमा रहेका पारस्परिक सहकार्यको परिधि पनि निरन्तर रूपमा विस्तार हुँदै आएको पनि उहाँले बताउनुभएको छ।

 

राष्ट्रपति म्याक्रोनमा उक्त समापन समारोहलाई सम्बोधन गर्दै चीनसित एकले अर्काको सम्मान गरी सदिच्छापूर्वक संवार्ता गर्नुका साथै हातमा हात मिलाउँदै फ्रान्स चीन बीच सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई गहन पारी विभिन्न क्षेत्रमा रहेका आपसी सहकार्यलाई अघि बढाउँदै जान फ्रान्स इच्छुक रहेको बताउनुभएको छ।