‘पैचिङदेखि पेरिससम्म’बहुसञ्चार माध्यम गतिविधि शुरू
2023-04-07 15:13:03cri
Share with:

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले चीनको राजकीय भ्रमण गरिरहनुभएको बेला सन् २०२४ पेरिस ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष टोनी एस्टान्गुले चाइना मिडिया ग्रूपसीएमजीका प्रमुख शन हाइ स्यौङलाई चिठ्ठी पठाएर सीएमजीकोपैचिङदेखि पेरिससम्मबहुसञ्चार माध्यम गतिविधि शुरू भएकोमा बधाई दिनुभएको छ।

उक्त चिठ्ठीमा सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदको सफल आयोजनापछि ओलम्पिक खेलकुद अहिले सन् २०२४ पेरिस समयमा प्रवेश भएको अध्यक्ष टोनी एस्टान्गुले व्यक्त गर्दै पेरिसले विश्वव्यापी अतिथिलाई स्वागत गर्ने बताउनुभएको छ। सीएमजीद्वारा आयोजित ‘पैचिङदेखि पेरिससम्मबहु सञ्चार माध्यम गतिविधिमा टेलिभिजन, रेडियो, नयाँ सञ्चार माध्यम आदि च्यानलद्वारा प्रचार हुने सो गतिविधिमा पेरिस ओलम्पिक खेलकुद समारोहको प्रदर्शन गरिने राम्रो चौतारो हुने अध्यक्ष टोनी एस्टान्गुले बधाई चिठ्ठीमा व्यक्त गर्नुभएको छ।

पेरिस ओलम्पिक खेलकुद समारोह सन् २०२४ को जुलाई २६ तारिख देखि अगस्ट ११ तारिखसम्म आयोजना हुने छ।