३७ वर्षपछि सुनथराली विमानस्थल निर्माण सम्पन्न
2023-04-08 16:17:57CRI
Share with:

कालिकोटको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३७ वर्षपछि सम्पन्न भएको छ। २०४२ सालबाट निर्माण सुरु भएको उक्त विमानस्थल २०७९ पुसमा सम्पन्न भएको थियो। यो विमानस्थलले अहिले जहाजको प्रतीक्षा गरेका छन्। 

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका –१ मा रहेको विमानस्थल निर्माण सुरु भएको ३३ वर्षपछि २०७३ साल माघ २९ गते कच्ची धावनमार्गमा परीक्षण उडान गरिएको थियो। 

२०८० वैशाख १ गते नयाँ वर्षसँगै औपचारिक उडान भर्ने भन्ने चर्चा भएको तर ठोस टुङ्गो भइ नसकेको गोरखापत्र अनलाइनले लेखेको छ। विमानस्थल सञ्चालनमा आएमा त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास स्थानीयको छ।