लाओसमा "चिनियाँ शैलीको आधुनिकीकरण र चीन-लाओस संयुक्त भाग्य समुदाय" विषयक मञ्च सम्पन्न
2023-04-08 16:09:34CRI
Share with:

अप्रिल ६ मा, लाओसको राजधानी भियन्टिएनमा "चिनियाँ शैलीको आधुनिकीकरण र चीन-लाओस संयुक्त भाग्य समुदाय" विषयक मञ्च सफलतापूर्वक सम्पन्न भएको छ। चाइना मिडिया ग्रूप एशिया-अफ्रिका भाषा कार्यक्रम केन्द्र, लाओसस्थित चिनियाँ दूतावास र लाओस कूटनीति कलेजको संयुक्त संयोजनमा उक्त मञ्च आयोजना गरिएको हो।

 

उक्त कार्यक्रममा लाओसका लागि चिनियाँ राजदूत च्याङ चाइतोङ, लाओसका उप विदेश मन्त्री थोङफान सावाङपेइ, लाओसका सूचना, संस्कृति तथा पर्यटन उपमन्त्री पोसी चोमेनियन, लाओसका विभिन्न मन्त्रालयका प्रतिनिधि, वरिष्ठ कूटनीतिज्ञहरू, कूटनीतिक मामिला कलेजका विद्यार्थी र १६ वटा सञ्चारमाध्यमका प्रतिनिधिहरूसहित जम्मा गरी ३०० जनाको सहभागिता थियो। 

सहभागी अतिथिहरुले 'चिनियाँ शैलीको आधुनिकीकरण', 'बेल्ट एण्ड रोड' र ' चीन-लाओस संयुक्त भाग्य समुदाय' लगायत विविध विषयबारे गहन छलफल गरेका छन्।