कोरोनाभाइरस डेटाबारे चीन सरकारको सार्वजनिक कार्य खुलस्त र पारदर्शी
2023-04-08 19:50:22CRI
Share with:

अप्रिल ८ तारिख अपरान्ह चीनको राज्य परिषदको प्रेस कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी चीनको कोरोनाभाइरसको उत्पत्तिको अनुसन्धान अवस्थाबारे जानकारी दिएको छ। 

चिनियाँ रोग नियन्त्रण केन्द्रका अनुसन्धानकर्ता चौ लैले त्यस अवधिमा वुहानमा विदेशी र चिनियाँ विशेषज्ञहरूको कार्य-टोलीले उत्पत्तिको संयुक्त रुपमा अनुसन्धान गर्ने क्रममा चिनियाँ वैज्ञानिकहरूले वैज्ञानिक, खुलस्त, वस्तुगत तथा पारदर्शी सिद्धान्त पालना गरी तयार पारेको सबै डेटालाई बाँडेको तथा त्यस अवधिमा प्राप्त भएको नतिजा विशेषज्ञहरूद्वारा मान्यता दिइएको बताउनुभएको छ। 

अनुसन्धानकर्ता चौकाअनुसार, विश्व स्वास्थ्य संगठन निकै महत्वपूर्ण छ। विश्व स्वास्थ्य संगठन अन्तर्राष्ट्रिय समाजले स्वीकार गरेको आधिकारिक संस्थान हो। उत्पत्तिको आरोप लगाइएमा विश्व स्वास्थ्य संगठनको विश्वसनीयतामा हानी पुर्‍याइने छ।