चीनमा पर्यटन प्रचार प्रसार प्रतियोगिता चल्दै
2023-04-09 17:22:25CRI
Share with:

कोभिड महामारीपछि, सबै क्षेत्रको विकास र निर्माण पुनः शुरू भएको छ, विशेष गरी पर्यटन उद्योगमा नयाँ वसन्तको आगमन भएको छ। स्थानीय सांस्कृतिक पर्यटन उद्योगको पुनरुत्थान गर्न चीनका विभिन्न ठाँउका सांस्कृतिक र पर्यटन ब्यूरोका प्रमुखहरू आ-आफ्ना प्रतिभाहरू देखाउन व्यस्त छन्। उनीहरूले छोटो भिडियो प्लेटफर्महरू प्रयोग गरेर आफ्नो गृहनगरको प्रचारप्रसार गर्ने प्रतियोगिता नै गरिरहेका छन् जसले गर्दा अनलाइनमा धेरै लहर उठेको छ।

 

एकातिर सछ्वान प्रान्तीय कानच तिब्बती जातिय प्रिफेक्चरको संस्कृति तथा पर्यटन ब्यूरोका निर्देशकले प्राचीन कालको पोशाक लगाउँदै पहाड र नदीहरूको बीचमा हिँडिरहेका छन् भने अर्कातिर सिनच्याङको चाउसु काउन्टीका उप प्रमुखले सेतो हिउँमा रातो पोशाक लगाएर घोडा चढेका छन्। यहाँनिर, स्थानीय सांस्कृतिक र पर्यटन ब्यूरोका निर्देशकहरूले प्राचीन पोशाकमा स्थानीय सांस्कृतिक परिदृश्यलाई प्रचारप्रसार गरिरहेका छन् भने उता अल्पसंख्यक जातीय क्षेत्रहरूका सांस्कृतिक र पर्यटन ब्यूरोका निर्देशकहरूले  स्थानीय ऐतिहासिक पोशाकहरू लगाउँदै स्थानीय विशेषताको प्रवर्द्धन गरेका छन्...... ती अधिकारीहरूले विविध किसिमका नयाँ तवरमार्फत जन्मथलोको सौन्दर्यलाई देखाउनुका साथै विभिन्न ठाँउका पर्यटकहरूलाई पनि आकर्षित गराइरहेका छन्।

 

यो अभिव्यक्ति छातीको अगाडि बसिरहेको अधिकारीको छविभन्दा धेरै फरक भएकोले कतिपय पर्यटकहरूको माया जितेको देखिन्छ। विभिन्न ठाँउका सांस्कृतिक र पर्यटन ब्यूरोका निर्देशकहरूको प्रचार गरेपछि पहिलेको अज्ञात स्थानहरूबारे धेरैभन्दा धेरै पर्यटकहरूले जानकारी पाएका छन् र पर्यटन तथ्याङ्कमा उल्लेखनीय सुधार पनि भएको छ। कतिपय नेटिजेनहरूले यसरी भनेका छन् कि छनौटकालागि कति धेरै, यस वर्ष कहाँ जाने थाहा छैन... 

यस्तो तरिकाबाट सर्वसाधारणलाई मनोरञ्जन दिनुकासाथै स्थानीय पर्यटनको विकासमा पनि सहयोग भएको छ। नेपाल प्राकृतिक सुन्दरता र अद्वितीय सांस्कृतिक सम्पदाले भरिपूर्ण छ, यस्तो प्रचार प्रसार तरिका किन नअपनाउने?

त्यसोभए, कुन अधिकारीबाट यस्तो ट्राइ गराउने तपाईँको के चाहना छ?