चीन र फ्रान्स एकैसाथ "आशाजनक" भन्ने फ्रान्सेली राष्ट्रपतिको ठहर
2023-04-09 16:30:26CRI
Share with:

'हामी सँगसँगै मिलेर धेरै काम गर्न सक्छौँ। फ्रान्स र चीन बीचको मित्रता अमर रहोस्!’ गत अप्रिल ७ मा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले सामाजिक सञ्जालमा चिनियाँ, अङ्ग्रेजी र फ्रेन्च गरी ३ किसिमका भाषामा आफ्नो चीन भ्रमणबारे जानकारी दिनुभएको थियो। सोही दिन बेलायती संचारमाध्यम फाइनान्सियल टाइम्सले विश्लेषकलाई उद्धृत गर्दै यसरी जनाएको छः 'दीर्घकालीन दृष्टिकोणबाट हेर्दा, चाहे चीनसँगको आर्थिक र व्यापारिक सहयोगलाई मजबुत बनाउन होस् वा युक्रेन संकटको समाधानलाई अघि बढाउन होस्, म्याक्रोँको  चीन भ्रमणको सकारात्मक अर्थ रहेको छ।

फ्रान्सेली राष्ट्रपतिको पद सम्हालेपछि म्याक्रोँको यो तेस्रो चीन भ्रमण हो। भ्रमणताका दुवै पक्षले संयुक्त वक्तव्य प्रकाशित गर्दै राजनीतिक संवादलाई सुदृढ पार्ने, विश्वको सुरक्षा र स्थिरतालाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने, आर्थिक आदानप्रदानलाई सबल पार्ने, मानविय आदानप्रदानलाई पुनःसुरु गर्ने, विश्वव्यापी चुनौतीहरूलाई संयुक्त रूपमा सामना गर्ने लगायतका विविध क्षेत्रमा चीन–फ्रान्स चौतर्फी रणनीतिक साझेदारी सम्बन्धमा नयाँ उपलब्धि हासिल गर्ने सहमति जनाएका छन्।

चीन र फ्रान्सबीच धेरै विषयमा समानता रहेका छन्। चीन-फ्रान्स शिखर वार्ताको परिणामलाई विचार गर्दा, नयाँ युगमा, चीन र फ्रान्समा समानता पहिलेभन्दा बढी र व्यापक भएको पाइन्छ। तीमध्ये संवाद संयन्त्रको 'पुनःशुरू' एउटा मुख्य आकर्षण हो। आर्थिक र व्यापारिक सहयोगलाई गहन पार्नु नै फ्रान्सेली राष्ट्रपति म्याक्रोँको चीन भ्रमणको अर्को महत्वपूर्ण उपलब्धि हो। "सम्पर्क विच्छेड वा स्थगित गर्ने" को विरोध गर्नु नै चीन, फ्रान्स र युरोपका नेताहरूको साझा आवाज बनेको छ।

फ्रान्स र युरोपको वर्तमान वैदेशिक सम्बन्धको मुख्य विषयसूची युक्रेन संकट हो। फ्रान्स र यूरोपको चिन्तालाई ध्यानमा राख्दै संकटको राजनीतिक समाधानमा यूरोपले भूमिका निर्वाह गर्न चीनले समर्थन गरेको छ। साथै अन्तर्राष्ट्रिय मानवीय कानूनको अक्षरशः पालना गर्ने र जति सक्दो चाँडो शान्ति वार्ता पुनः सुरु गर्ने लगायत ५ बुँदे प्रस्ताव चीनले गरेको छ। चीन, फ्रान्स र यूरोपले शान्ति र वार्तालाई बढाउने सहमतिलाई अझ स्पष्ट पारेको ठहर केही विश्लेषकहरूले गरेका छन्।

आउने वर्ष चीन-फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव हो। दुवै देशका राष्ट्रनायकको नेतृत्वमा चीन–फ्रान्स सम्बन्ध नयाँ उचाइमा पुग्ने छ जसबाट चीन–यूरोपेली संघ सम्बन्धको विकासमा नयाँ वातावरण सिर्जना गरिने विश्वास गरिएको छ। चीन-फ्रान्स, चीन-युरोप बीच जति धेरै समानताहरू छन् त्यति नै विश्वमा बढी स्थिरता र निश्चितता हुनेछ।