चिनियाँ सामानवाहक व्यावसायिक रकेटको सफलतापूर्वक प्रक्षेपित
2023-04-09 16:32:28CRI
Share with:

बेइजिङ समय अनुसार, अप्रिल ७, श्वाङछ्वीस्यान-१ मालवाहक व्यावसायिक रकेटको प्रक्षेपण सफलतापूर्वक चीनको च्यौछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट गरिएको छ। निर्धारित प्रक्रियाहरू अनुसार रकेटले सुरक्षित र सहज रूपमा आफ्नो उडान कार्यलाई पूरा गरेको छ र प्रक्षेपण मिशन पूर्ण रूपमा सफल भएको छ। यस पटकको परीक्षणात्मक उडानको मुख्य उद्देश्य, समग्र रकेट योजनालाई प्रमाणित गर्नु र रकेट उडान तथ्याङ्क सङ्कलन गर्नु हो।

श्वाङछ्वीस्यान-१ मालवाहक व्यावसायिक रकेट इन्टरस्टेलर ग्लोरी नामक चिनियाँ निजी अन्तरिक्ष उद्यमद्वारा निर्माण तथा विकास गरिएको हो। यस पटकको मिशन श्वाङछ्वीस्यान-१ मालवाहक व्यावसायिक रकेटको पाँचौँ उडान हो।