साउदी अरेबिया र इरानले पैचिङमा हात मिलाएको एक महिनापछि मध्यपूर्वमा महत्त्वपूर्ण परिवर्तन
2023-04-10 18:38:51cri
Share with:

आज अप्रिल १० तारिख साउदी अरेबिया र इरानबीच पैचिङ संवादको ठ्याकै एक महिना भएको छ। विगत एक महिनायता हरेक दिन मध्य पूर्वी क्षेत्रबाट राम्रो खबर तथा नयाँ प्रगति आउँदैछ। बारम्बार सम्पर्क भएको, हातमा हात मिलाएर संवाद गर्ने क्रममा मध्य पूर्वी क्षेत्रमा “मेलमिलाप प्रवाह” तीव्र गतिले चलिरहेको छ।

 

स्थानीय समय अनुसार अप्रिल ८ तारिख साउदी अरेबियाको कूटनीतिक टोलीले आपसी राजदूतावासको पुन:संचालन गर्ने ठोस विषयबारे छलफल गर्न इरानको राजधानी तेहरानमा पुगेको थियो। यसअघि दुई मुलुकका विदेश मन्त्रीले पैचिङमा भेटघाट गरी दौत्य सम्बन्ध पुन:स्थापना गर्ने घोषणा गरेका थिए।

 

साउदी अरेबिया र इरान मध्य पूर्वी क्षेत्रका ठूला मुलुक हुन्, तथापि इतिहासकालदेखि नै दुई मुलुकबीच वैरभाव रहेको थियो। हाल चीनको मध्यस्थतामा उनीहरु बीचको सम्बन्ध सुधार हुँदै आएको छ, जसले यस क्षेत्रका मुलुकहरुले संवाद तथा छलफलमार्फत् अन्तर्विरोधको समाधान गर्नका लागि महत्त्वपूर्ण नमूना प्रदान गरेको छ।

मध्य पूर्वको स्थिति जटिल छ, यस्तो “मेलमिलाप प्रवाह” हुनु सजिलो कुरा होइन।  मध्य पूर्वको “मेलमिलाप प्रवाह” मा चीनले सुरक्षा तथा स्थिरतालाई अघि बढाउन निरन्तर रुपमा प्रयास गर्दै जाने छ। साउदी अरेबिया र इरानले हातमा हात मिलाएको कुरा मानव जातिले भिडन्त पार गरी मेलमिलाप गर्ने ठूलो पाइला हुनेछ।