“उत्तर स्ट्रिम” विस्फोटन काण्डको भौतिक, निष्पक्ष र पेशागत छानबीन गर्नु ज्यादै महत्वपूर्ण: चीनको परराष्ट्र मन्त्रालय
2023-04-10 18:40:24cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले १० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा “उत्तर स्ट्रिम” प्राकृतिक ग्याँस पाइपलाइनको विस्फोटनको भौतिक, निष्पक्ष र पेशागत छानबीन गर्नु ज्यादै महत्वपूर्ण रहेको कुरामा जोड दिनुभएको छ।

 

उक्त विषयबारे चर्चा गर्दै प्रवक्ता वाङले हालका सम्बद्ध रिपोर्टबाट “उत्तर स्ट्रिम” प्राकृतिक ग्याँस पाइपलाइनको विस्फोटन काण्ड सरल नरहेको र त्यसको पृष्ठभूमि एकदमै जटिल रहेको कुरा औंल्याउनुभएको छ।

 

उक्त काण्डका बारेमा अन्तर्राष्ट्रिय छानबीन चलाउनुका साथै सम्बद्ध मुलुकले तथ्यप्रति जिम्मेवारीपूर्वक सक्रियताका साथ अन्तर्राष्ट्रिय समाजद्वारा प्रस्तुत शंका र ख्याल विचारबारे प्रतिकृया जनाउनसक्ने आशा चीनले गरेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।