सर्बियाको पर्यटन विभागकी अधिकृतद्वारा चीन र सर्बियाको पर्यटन बीचको सहयोगको भविष्यप्रति अपेक्षा
2023-04-10 09:49:55CRI
Share with:

 

मार्च ४ र ५ तारिख चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको चौधौँ राष्ट्रिय समितिको पहिलो अधिवेशन र चौधौँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन पैचिङमा शुरु भएको थियो। सर्बियाको पर्यटन विभागकी प्रमुख मारिजा लाबोभिकले सो दुई अधिवेशनप्रति ध्यानाकर्षित हुँदै चिनियाँ पर्यटकहरु सर्बियाको यात्रा गर्न सक्ने अपेक्षा गर्नुभएको छ।

 

लाबोभिकका अनुसार, सर्बिया र चीन बीच आर्थिक क्षेत्रमा घनिष्ठ सहयोग रहेको छ, आर्थिक विकासको एउटा महत्त्वपूर्ण उद्योगको रुपमा पर्यटन उद्योग विषय चीनका दुई अधिवेशनमा चर्चित भएको छ। विशेष गरी चीनले कोरोना महामारीको प्रतिरोध तथा नियन्त्रण सम्बन्धी नीतिमा सुधार गरी विदेश पर्यटन पुन:संचालन गरेपछि सर्बियाले चिनियाँ पर्यटकहरुको सर्बिया यात्राप्रति अपेक्षा गरेका छन्।

चालू वर्ष चीन र सर्बिया बीचको पर्यटन सहयोगको एउटा महत्त्वपूर्ण भागको रुपमा ४४ औँ बेल्ग्रेड अन्तर्राष्ट्रिय पर्यटन एक्स्पो भर्खरै सर्बियाको राजधानी बेल्ग्रेडमा आयोजना भएको छ। यस पटकको अन्तर्राष्ट्रिय पर्यटन एक्स्पोमा चीन मुख्य अतिथि मुलुकको रुपमा सहभागी भएको छ। पैचिङ शहरको संस्कृति तथा पर्यटन व्यूरो र निङ पो शहरको संस्कृति तथा पर्यटन व्यूरोले चीनको तर्फबाट एक्स्पोमा भाग लिएर विश्वलाई सुन्दर चीन, आकर्षक पैचिङ र निङ पोको प्रदर्शन गरेको छ। यस पटकको अन्तर्राष्ट्रिय पर्यटन एक्स्पोले चीन र सर्बियालाई द्वीपक्षीय सहयोगलाई गहन पार्ने अवसर प्रदान गर्नुका साथै चिनियाँ पर्यटकहरुलाई सर्बियामा चिनियाँ पर्यटकलाई स्वागत छ भन्ने निम्तो पठाएको लाबोभिकको ठहर छ।

 

लाबोभिकका अनुसार, सन् २०१९ मा १ लाख ४५ हजार चिनियाँ पर्यटकले सर्बियाको भ्रमण गरेका थिए, जुन सर्बियाको भ्रमण गर्ने विदेशी पर्यटकहरुमध्ये पहिलो स्थानमा रहेको थियो। तथापि, यस्तै राम्रो प्रवृति आकस्मिक रुपमा देखा परेको कोरोना महामारीबाट रोकियो। सर्बियाको पर्यटन बजार गत वर्षदेखि सुधार हुँदै आएको छ। यसका साथै चीनले कोरोना महामारीको प्रतिरोध तथा नियन्त्रण सम्बन्धी नीतिमा सुधार गरी विदेश पर्यटन पुन:संचालन गरेको छ। त्यसैले सर्बियाले चिनियाँ पर्यटकहरुले सर्बियाको पर्यटन गर्ने अपेक्षा गरेको छ।

 

चीन र सर्बिया बीच सन् २०१७ देखि निशुल्क भिसा नीति लागू हुँदै आएको छ। गत वर्ष दुई मुलुक बीच पैचिङ-बेल्ग्रेडथ्यान चिन- बेल्ग्रेड दुईटा सिधा उडान थपिएको थियो। सर्बियाका लागि चिनियाँ राजदूत छन् पोले हाल भन्नुभए झै, चिनियाँ पर्यटकहरुले इच्छा लिएमा तुरुन्तै प्रस्थान गर्न सक्ने गन्तव्य मुलुक सर्बिया बनिसकेको छ। यसबारे चर्चा गर्दै लाबोभिकले नयाँ उडानको संचालनले दुई मुलुकका मानवीय आदान-प्रदानका लागि अरु बढी सुविधा प्रदान गरेको प्रकट गर्नुभयो।

 

सिधा उडान भएपछि चिनियाँ पर्यटकहरुला सर्बिया घुम्न थप सुविधाजनक भएको छ। चीन र सर्बिया बीचको गहिरो मित्रता प्राचीन कालदेखि नै रहँदै आएको छ। चीन र सर्बिया बीचको सहयोगात्मक परियोजना बढ्दै आएको छ भने दुई देश बीचको अन्तर सम्पर्क तथा अन्तर सह-कार्य अरु घनिष्ठ बन्दै आएको छ। यी सबै कुराले चिनियाँ पर्यटक सर्बियाको साथी भएको प्रमाणित गरेको छ। सर्बियाको भ्रमण हरेक चिनियाँ पर्यटकका लागि बिर्सन नसक्ने अनुभव हुने मैले विश्वास गरेकी छु।