लोयाङ सहरका मिठा खाना र सांस्कृतिक प्राचीन सहर
2023-04-10 14:51:46CRI
Share with:

हनान प्रान्तको लोयाङ सहर एउटा ऐतिहासिक तत्व भरिएको प्राचीन सहर हुनुका साथै आधुनिक भावना बोक्ने सहर हो। ‘उत्तर चीनको सबभन्दा सुन्दर भवन’ भनिने ली चिङ मन भवन नजिकै एउटा प्रसिद्ध विशेष खाजा पाइने सडक छ। यताका विविध किसिमका स्थानीय मिठा खाजाले पर्यटकहरूलाई आकर्षित गरेका छन्।

लोयाङ सहरमा प्राचीनकालको लो यी भन्ने ठाउँलाई प्राचीनकालदेखि जोगाएर राखिएको छ। यता ऐतिहासिक र सांस्कृतिक वातावरण भरिएकोले पर्यटकहरूले लोयाङमा घुम्नुपर्ने गन्तव्य हो। लो यी प्राचीन सहरमा घुम्दै मानिसहरूले चीनको थाङ राजवंशको जीवनशैली अनुभव गर्न सकेका छन्।