राष्ट्राध्यक्ष सी चिनफिङद्वारा क्वाङ तुङको निरीक्षण भ्रमण
2023-04-11 16:37:48cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १० तारिख क्वाङ तुङ प्रान्तको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले सर्वप्रथम चान च्याङ शहर पुगेर अघिपछि गरी राष्ट्रिय ८६३ परियोजना अन्तर्गत समुद्रबाट बीउ हुर्काइने परियोजनाको दक्षिणी अखडा, मा चाङ जिल्लाको चिन न्यु छापुमा अवस्थित मान्गरोभ जंगल क्षेत्र, स्यु वन बन्दरगाह र उत्तरी खाडी घुम्ने क्वाङ तुङ जल उर्जा आपूर्ति परियोजनाको निरीक्षण गर्नुभएको छ।

 

निरीक्षण भ्रमणको अवधिमा राष्ट्राध्यक्ष सीले तत्स्थानमा समुद्री मत्स्य व्यवसायको विकास गर्ने, मान्गरोभ जंगलको संरक्षण कार्यलाई सबल पार्ने, यातायातको आधारभूत प्रबन्धको आपसी सम्पर्क र जोडिने स्तरलाई उठाउने, क्वाङ तुङ र हाइ नान बीचको आपसी विकासलाई अघि बढाउने र जल उर्जाको आपूर्तिलाई सुधार पार्ने लगायतका अवस्थाबारे जानकारी लिनुभएको छ।