राष्ट्राध्यक्ष सीद्वारा चिन न्यु टापूमा रहेको मान्गरोभ जंगलको भ्रमण
2023-04-11 16:39:03cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल १० तारिख क्वाङ तोङ प्रान्तको भ्रमण गर्नुभयो। उहाँले चान च्याङ शहरको मा चाङ जिल्लाको हु क्वाङ गाउँको चिन न्यु टापूमा रहेको मान्गरोभ जंगलमा आएर मान्गरोभ जंगलको संरक्षण सम्बन्धी अवस्थाबारे जानकारी लिनुभयो।

 

क्वाङ तोङ प्रान्तको चान च्याङ शहरको राष्ट्रिय मान्गरोभ जंगल आरक्षण क्षेत्रको कूल क्षेत्रफल करिब २० हजार हेक्टर रहेको छ, त्यो चीनको सबैभन्दा ठूलो मान्गरोभ जंगल आरक्षण क्षेत्र हो।

 

विगत केही वर्षयता चान च्याङ शहरले मान्गरोभ जंगलको पर्यावरण संरक्षणलाई सबल पार्दै गुणस्तरीय विकासको “हरित इन्जिन” बनाउँदै आएको छ।