राष्ट्राध्यक्ष सीद्वारा स्य्वी वन बन्दरगाहको भ्रमण
2023-04-11 16:38:26cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल १० तारिख क्वाङ तोङ प्रान्तको भ्रमण गर्नुभयो। उहाँले सर्वप्रथम चान च्याङ शहरको स्य्वी वन बन्दरगाहमा आएर स्थानीय यातायातको भौतिक पूर्वाधारको अन्तर सम्पर्क तथा अन्तर सह-कार्य स्तर र क्वाङ तोङ तथा हाई नानको विकास स्थितिबारे जानकारी लिनुभयो।

 

स्य्वी वन बन्दरगाह चान च्याङ शहरको स्य्वी वन जिल्लामा अवस्थित छ, यस बन्दरगाहको निर्माण सन् २०१७ को जनवरी १ तारिख शुरु भएको थियो, सन् २०२० को सेप्टेम्बर २६ तारिख यसको औपचारिक संचालन शुरु भएको थियो।