अमेरिकामा बन्दुक हिंसा गम्भीर रूपमा फैलिएको
2023-04-11 10:08:40cri
Share with:

अमेरिका बन्दुक हिंसा वेबसाइटको तथ्यांक अनुसार, चालु वर्ष, सन् २०२३ को बितेका १०० दिनमा, अमेरिकामा विभिन्न बन्दुक हिंसासम्बन्धी दुर्घटनाबाट मृत्यु हुनेको जनसंख्या ११,५०० भन्दा अधिक हुनुका साथै ८,८०० भन्दा बढी घाइते भएका छन्।

अमेरिका विश्वमा बन्दुक हिंसा सबैभन्दा गम्भीर भएको मुलुक हो। प्रायः गोली प्रहार तथा बन्दुक हिंसा हुने भएकोले नागरिकको ज्यान अधिकार, यस आधारभूत मानव अधिकारलाई आघात पुर्याइएको छ। यद्यपि विगत केही दशकमा अमेरिकी सरकारले बन्दुक हिंसा समस्याको समाधान गर्न कुनै पनि प्रभावकारी कदम चालेको छैन। बन्दुकको फैलावट, हित समूहको रजगज र सुशासनको अभावबाट वियोगान्त घटना निरन्तर रूपमा अमेरिकामा हुने कारण बनेका छन्।

प्रायः सधैँ हुने बन्दुक हिंसाको क्रूर वास्तविकतासमक्ष, अमेरिकी सरकारको शासन असक्षमताको कारण धेरै नागरिकले अमेरिकी सरकारलाई विश्वासमा लिएका छैनन्। शिकागो विश्वविद्यालयको सन् २०२१ को एउटा अध्ययन अनुसार, ४६ प्रतिशतका अमेरिकी परिवारले कम्तिमा एउटा बन्दुक राखेका छन्। अमेरिकामा ८ करोड जनसंख्याले आत्म सुरक्षाकालागि बन्दुक राख्ने गरेका छन्।