चीनद्वारा विविध तरिकाबाट रोजगारीको प्रबर्द्धन
2023-04-12 10:19:02cri
Share with:

यस वर्षको पहिलो त्रैमासिकमा चीनको जन शक्ति र सामाजिक प्रत्याभूति मन्त्रालयलगायत ११ वटा विभागले संयुक्त रूपमा रोजगारी प्रबर्द्धन गतिविधिको आयोजना गरी विभिन्न पक्षमा ५८ हजार पटक भर्ती कार्यक्रम गर्दै ३ करोड ८० लाख रोजगारकालागि ठाउँ सार्वजनिक गरिएको छ।यस वर्षको रोजगारीको प्रबर्द्धन कार्यक्रममा रोजगारी स्थिर पार्ने, व्यवसायमा कर्मचारीको भर्ना र विकासलाई अघि बढाउने केन्द्रित श्रृंखलाबद्ध विशेष सेवा प्रदान गरिएको छ। चीनको क्वाङ तौङ प्रान्तमा उच्च रेल स्टेशनलाई व्यवसायको भर्ती मेला बनाएर द्रुत गतिले रोजगारदाता र कर्मचारीलाई जोडिएको छ। भित्री मङगोलिया स्वायत्त प्रदेशले वेबसाइटमार्फत् प्रत्यक्ष प्रसारणबाट रोजगारी सेवा प्रदान गरेको छ।

चीनको जन शक्ति र सामाजिक प्रत्याभूति मन्त्रालयको रोजगारी प्रबर्द्धन विभागका उपप्रमुख युन तौङ लाइका अनुसार, चीनभरि १ हजार बढी सार्वजनिक भर्ती वेबसाइट, ३ सय बढी सेलफोन एप तथा २ हजार ५ सय बढी विच्याट चौतारोमार्फत निरन्तर रूपमा रोजगारी सेवा प्रदान गरेको छ।