पूर्वी तथा पश्चिमी गोलार्द्धमा रहेका दुई वटा सबैभन्दा ठूलो विकासोन्मुख मुलुकहरुले फेरि हातमा हात मिलाउँदै
2023-04-12 17:34:51cri
Share with:

चीन र ब्राजिलबीचको दूरी करिब १८ हजार ८ सय किलोमिटर रहेको छ। तिनीहरु पूर्वी तथा पश्चिमी गोलार्द्धमा रहेका दुई वटा सबैभन्दा ठूलो विकासोन्मुख मुलुकहरु हुन्। ब्राजिलका राष्ट्रपति लुइच लुला सिल्भाले अप्रिल १२ तारिख चीनको भ्रमण गर्नुहुने छ। यस क्रममा टाढामा रहेका दुई नवोदित मुलुकले फेरि हातमा हात मिलाउने छन्।

 

चालू वर्षको जनवरी महिनामा ७७ वर्षीय लुला तेस्रो पटक ब्राजिलका राष्ट्रपति निर्वाचित हुनुभयो। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले उहाँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा बधाई सन्देश पठाउँदै चीन र ब्राजिल विश्वमा ठूलो असर रहेका ठूला विकासोन्मुख मुलुकहरु हुन् तथा महत्त्वपूर्ण नवोदित बजारमुखी मुलुकहरु हुन् भन्ने कुरामा जोड दिनुभयो।

 

आर्थिक विषय राष्ट्रपति लुलाको यस पटकको चीन भ्रमणको एउटा चर्चित विषय हो। वैज्ञानिक तथा प्राविधिक सहयोग चीन र ब्राजिलबीचको सहयोगको अर्को महत्त्वपूर्ण टेवा  हो। चिनियाँ जनताको पुराना साथी फर्किएका छन्। पूर्वी तथा पश्चिमी गोलार्द्धमा रहेका दुईवटा सबैभन्दा ठूला विकासोन्मुख मुलुकहरुको रुपमा आपसी सम्बन्धको विकास दुई मुलुकका लागि मात्र नभई विश्वका लागि लाभान्वित हुने कारण बाह्य क्षेत्रले यस पटकको भ्रमणप्रति धेरै ध्यानाकर्षण गरेको छ। दुई मुलुकका राष्ट्रनायकको नेतृत्वमा चीन र ब्राजिलका विभिन्न क्षेत्रबीचको मैत्रीपूर्ण सहयोगले अरु उच्च स्तरमा पुगेर क्षेत्र र विश्वको स्थिरता तथा समृद्धिलाई अघि बढाउन नयाँ योगदान पुर्‍याउने छ।