चाइना मिडिया ग्रुप र ह्वा चोङ विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच चौतर्फी रणनीतिक सहयोग
2023-04-12 17:20:37cri
Share with:

चाइना मिडिया ग्रुप र ह्वा चोङ विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच अप्रिल १२ तारिख चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धबारे सम्झौता सम्पन्न भएको छ। केन्द्रीय प्रचार-प्रसार विभागका उप-प्रमुख, चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई श्योङ र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत ह्वा चोङ विज्ञान तथा प्रविधि विश्वविद्यालय समितिका सचिव ली युआन युआनले हस्ताक्षर समारोहमा सहभागी हुनुका साथै “चाइना मिडिया ग्रुप-- ह्वा चोङ विज्ञान तथा प्रविधि विश्वविद्यालय सूचना संचित सम्बन्धी संयुक्त अनुसन्धान केन्द्र ”र “चाइना मिडिया ग्रुप-- ह्वा चोङ विज्ञान तथा प्रविधि विश्वविद्यालय नेटवर्कको सुरक्षा सम्बन्धी संयुक्त अनुसन्धान केन्द्र”को अनावरण गर्नुभयो। चाइना मिडिया ग्रुपकी उप-निर्देशक सिङ पो र ह्वा चोङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्रिन्सिपल यौ चङ अनावरण समारोहलाई सम्बोधन गर्नुभयो।