राष्ट्राध्यक्ष सी चिनफिङद्वारा दक्षिणी युद्ध स्थलको नौ सेना फौजको निरीक्षण
2023-04-12 19:32:00cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले ११ तारिख दक्षिणी युद्ध स्थल पुगेर नौ सेना फौजको निरीक्षण गर्नुभएको छ। निरीक्षणको क्रममा उहाँले निष्ठापूर्वक पार्टीको २० औं महाधिवेशनको भावनालाई व्यवहारमा उतार्नुका साथै चौतर्फी रूपमा फौजको आधुनिकीकरण स्तरलाई उकासेर दृढताका साथ पार्टी र जनताले दिएका विविध कार्यभारलाई सिध्याउनुपर्ने कुरामा जोड दिनुभएको छ।

 

११ तारिख बिहान १० बजेतिर राष्ट्राध्यक्ष सीले दक्षिणी युद्ध स्थलको नौ सेना फौज अखडा पुगी फौजका अधिकृत र सिपाहीं प्रतिनिधिहरूसित सौहार्दपूर्ण रूपमा भेटघाट गर्नुभयो। त्यसपछि उहाँलृ दक्षिणी युद्ध स्थलको नौ सेना फौजको निर्माण सम्बन्धी भिडियो हेरेर सम्बद्ध कार्य प्रतिवेदन पनि सुनुवाई गर्नुभयो।