छिन वंशका प्रथम सम्राटको समाधिस्थल बारेको चर्चा-2
2023-04-12 09:05:35CRI
Share with:

        "हान शु" र "श्वै चिंग चु" शिर्षकका दुइवटा किताबमा लेखिएअनुसार, सो समाधि स्थल सन् 206 मा स्यांग युद्बारा ध्वस्त पारिएको थियो। स्यांग युले छिन वंशको राजधानी सेन यांगमा प्रवेश गरेपछि तीन लाख मानिसहरुलाई त्यहाँ पठाएर तीस दिनसम्म बोक्न लगाउँदा पनि समाधिस्थल भित्रका मालसामानहरु सबै लैजान सकेनन। त्यसपछि त्यसको पूर्वी भागमा बसोबास गर्ने चोरहरुले समाधिस्थलभित्रका केही सामग्रीहरु लुटपाट गरेका थिए। त्यसपछि गोठाला आफ्ना हराएका बाख्रा खोज्नका लागि राँको बालेर समाधिस्थलभित्र पसेका थिए। त्यति बेला राँकोका कारण आगलागी भै समाधिस्थल ध्वस्त भएको थियो रे। त्यो भयंकर आगो नब्बे दिनसम्म दन्किएको थियो रे। यो भनाई चर्चित छ।

    
सन् 1949 पछि चीनका पूरातात्विक वस्तुका सर्भेक्षकरुले सो समाधिस्थलको अन्वेशण गरेका थिए। सो समाधिस्थललाई पत्तो लगाइएपछि उनीहरुले भूमिगत दरबारका वरिपरि दुइ सयवटाभन्दा बढी गुफाको खोजी गरेका थिए। एउटा गुफा समाधि स्थलको उत्तर-पूर्वी भागमा थियो भने अर्को पश्चिमी भागमा पर्दथ्यो। यी गुफा नौ मिटर गहिरा थिए भने समाधिस्थलको केन्द्रीय ठाउँदेखि दुइसय पचास मिटर टाढा छन। त्यसको अर्थ के थियो भने यी गुफा वास्तविक भूमिगत दरबारसँग जोडीएका थिएनन्। हाल ती दुइवटा गुफा माटोमुनि डुबेका छन। बाहिरबाट देख्दा पटक्कै पनि देख्नसकिदैन। 


 

     भूमिगत दरवारको पर्खालमाथि ध्वस्त नपारिएको र दरबारमा क्रमश: मर्करी र व्यवस्थित रुपमा बगिरहेको अवस्थाबाट हेर्दा भूमिगत दरबार मोटामोटी रुपमा ठीक भएको, गम्भीर रुपमा क्षतिग्रस्त नभएको र लुटपाट नभएको निचोड निकालिएको छ। यसैले उक्त भनाईमा स्यांग युद्बारा समाधिस्थललाई लुटपाट गरिएको र भूमिगत दरबारमा आगलागी भएको जस्तो कुराहरु निराधार छन। त्यस बेला स्यांग युले लुटेको दरबार समाधिस्थलका अतिरिक्त दरबार भएको अनुमान गरिएको छ। छिन वंशको प्रथम सम्राटको समाधिस्थल विश्वमा एक मात्र भूमिगत दरबार हो।