ग्रामीण क्षेत्रको विशेषतायुक्त व्यवसायको भविष्य निकै फराकिलो हुने राष्ट्राध्यक्ष सी चिनफिङको भनाइ
2023-04-12 17:35:56cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ११ तारिख दिउँसो क्वाङ तुङ प्रान्तको माउ मिङ शहर पुगी कन च बस्ती मातहतको पो छ्याउ गाउँको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले अघिपछि गरी लिची बगैंचा र कृषि सहकार्य एजेन्सीको अवलोकन गर्नु बाहेक तत्स्थानमा लिची लगायत विविध विशेषतायुक्त खेतीपातीको विकास र ग्रामीण क्षेत्रको पुनरूत्थानलाई अघि बढाउने अवस्थाबारे जानकारी लिनुभएको छ।

 

राष्ट्राध्यक्ष सीले स्थानीय किसानहरूले लिची लिशेषतायुक्त व्यवसायको सदुपयोग गर्दै ग्रामीण क्षेत्रको पुनरूत्थानलाई प्रवर्द्धन गरेको कुराको प्रशंसा गर्नुभयो। त्यहाँ ग्रामीण क्षेत्रको विशेषतायुक्त व्यवसायको भविष्य निकै फराकिलो हुने विश्वास पनि उहाँले प्रकट गर्नुभएको छ।