अमेरिकाले युक्रेनी राष्ट्रपतिलाई निगरानी गर्ने संभव छ: रूसी राष्ट्रपतिका प्रेस सचिव
2023-04-12 10:25:51CRI
Share with:

अमेरिकी मिडियाका अनुसार, हाल धेरै सामाजिक मिडियामा केही संदिग्ध अमेरिकी सेनाको गोप्य कागजात देखिएको छ त्यसबाट रूस-युक्रेन भिडन्तमा अमेरिकी सरकारको गहिरो संलग्नता हुनुका साथै युक्रेनलगायत दक्षिण कोरिया, इजरेल दि सहयोगीहरू लगायत विभिन्न मुलुकमाथि घनिष्ट रूपमा निगरानी गरिरहेको देखिएको छ।

 

रूसी राष्ट्रपतिका प्रेस सचिव पेसकोभले अमेरिकाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि निगरानी गरेको संभावनाला नकार्न नसकिने भन्दै वाशिङटनले यसअघि नै अरू मुलुकका राष्ट्रानायकहरू, विशेष गरी युरोपेली मुलुकका नेताहरूला निगरानी गर्न थालेको बताउनुभएको छ।

 

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले पनि सहयोगीबीच निगरानी गर्नु अस्वीकार्य रहेको भन्दै सम्बद्ध गतिबिधिका सबै सूचना प्रदान गर्न डेन्मार्क र अमेरिकासमक्ष ग्रह गर्नुभएको छ। विकिलिक्स वेबसाइटका संस्थापक जुलियन पसान्जेका अनुसार, निगरानीको सुपर मुलुकको रूपमा रहेको अमेरिकाकालागि नियम एक मात्र छ त्यो नै नियमबिना हो।