भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता
2023-04-13 17:16:43cri
Share with:

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र  नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकामा बुधबार भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो।

 

महानगरपालिका प्रमुख रेनु दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा  नेपाली जनताको मन जित्ने गरी  सहयोग पुर्याएकोमा राजदूत चेनलाई धन्यवाद व्यक्त गर्नुभयो।

महानगरपालिका प्रमुख दाहालले महानगरीय मेट्र रेल, नेपाल चाईनामैत्री पार्क निर्माण चीनको सहयोगमा निर्माणको लागि प्रस्ताव गर्नुभयो।

 

प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा चिनियाँ राजदूत चेनमार्फत चिनियाँ पर्यटकलाई निम्तो पनि दिनुभयो। नेपालका लागि चिनियाँ राजदूत चेनले भरतपुरमा महानगरीय मेट्र रेल, नेपाल चीनमैत्री पार्र्क, शिक्षा, स्वास्थ्य लगायतका विषयमा छलफल गरी अगाडि बढ्न सकारात्मक रहेको उल्लेख गर्नुभएको रातोपाटी अनलाइनले जनाएको छ।