चिनियाँ शैलीको आधुनिकीकरणको लक्ष्य, योजना, र रणनीति छ: सी चिनफिङ
2023-04-13 15:38:39CRI
Share with:

१२ तारिख क्वाङचको निरीक्षणमा रहनुभएको चीनका राष्ट्राध्यक्ष सी चिनफिङले क्वाङचौ अटोमेटिक कम्पनीको अनुसन्धान केन्द्रको भ्रमण गरी अनुसन्धानकर्ता, व्यवसायीहरू, कर्मचारीहरू, तथा विदेशी पूँजी व्यवसायका प्रनितिधिहरूसँग घनिष्ट रूपमा आदान-प्रदान गर्नुभएको छ। सो क्रममा, राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ शैलीको आधुनिकीकरण र पश्चिमा आधुनिकीकरणबीच आन्तरिक भिन्नता रहेको तथा ध्रुवीकरण र अरू मुलुकलाई अतिक्रमण गर्ने पश्चिमा आधुनिकीकरणको बाटोमा चीन हिँड्दैन भन्ने कुरामा पनि जोड दिनुभयो।

चिनियाँ शैलीको आधुनिकीकरण चीनको वास्तविक अवस्थामा आधारित रहेर चीनको राष्ट्रिय अवस्थासँग अनुकूल रहेको तथा यसको लक्ष्य, योजना र रणनीति पनि छ भन्दै उहाँले भन्नुभयो, हामीले यसलाई एक एक कदम गरी अघि सार्ने छौँ।