तेस्रो उपभोक्ता एक्स्पोद्वारा घरेलु उपभोक्ताको मागलाई पूरा गर्न ६० भन्दा बढी देश र क्षेत्रका ३,१०० भन्दा बढी ब्रान्डहरूलाई स्वागत
2023-04-13 09:23:29CRI
Share with:

तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय उपभोक्ता वस्तु एक्स्पो अप्रिल १० देखि १५ तारिखसम्म हाइनान प्रान्तको हाइकोउ शहरमा आयोजना भइरहेको छ। धेरै अन्तर्राष्ट्रिय अग्रणी ब्रान्डहरू पहिलो पटक प्रदर्शनीमा सहभागी भएका छन्।

यो उपभोक्ता बस्तु एक्स्पो महामारी रोकथाम र नियन्त्रण सम्बन्धी नियम परिवर्तन भएपछि चीनमा आयोजना गरिएको पहिलो प्रमुख अन्तर्राष्ट्रिय प्रदर्शनी हो। यस उपभोक्ता एक्स्पोको कुल प्रदर्शनी क्षेत्र १२०,००० वर्ग मिटर पुग्ने छ, जुन अघिल्लोको तुलनामा २०% ले वृद्धि भएको छ। चीनका वाणिज्य उपमन्त्रीले शङ छ्यु फिङले उक्त एक्स्पो रम्अघि जानकारी दिनुभएअनुसार:

"एक्स्पोमा ६० भन्दा बढी देश र क्षेत्रका ३,१०० भन्दा बढी प्रख्यात ब्रान्डहरू सहभागी हुने छन्। यस एक्स्पोको अतिथि देशको रुपमा इटालीका जम्मा १४७ प्रदर्शनी ब्रान्डहरू छन् र प्रदर्शनी क्षेत्र करिब १८०० वर्ग मिटर छ। देशका राजनीतिक नेताहरू र अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूले यस एक्स्पोमा सहभागी हुने छन् र विश्वका शीर्ष ५०० कम्पनीहरू वा उद्योगका अग्रणी कम्पनीहरूका लगभग ३० व्यवसायका अध्यक्षहरुले भाग लिने छन्। एक्स्पोको अवसरमा १०० भन्दा बढी फोरम, सेमिनार, नतिजा विमोचन, व्यापार वार्ता र लगानी प्रवर्द्धन कार्यक्रमहरु आयोजना हुने छ।"

धेरै अग्रणी अन्तर्राष्ट्रिय ब्रान्डहरूले पहिलो पटक प्रदर्शनीमा भाग लिनुकासाथै र ठूलो संख्यामा स्वदेशी उच्च गुणस्तरका वस्तुहरू र समय-सम्मानित ब्रान्डहरू एकैसाथ प्रदर्शन भइरहेका छन्। जसले उपभोक्ताहरूको छनौटलाई थप समृद्ध बनाएको छ। उदाहरणका लागि अतिथि देशको रुपमा इटालीले हाइ एण्ड याट, कफी मेसिन लगायत १४७ ब्रान्डहरू ल्याएका छन्। प्रारम्भिक तथ्याङ्क अनुसार यस एक्स्पोमा ३०० भन्दा बढी ब्रान्डका १,००० भन्दा बढी उत्पादनहरूले आ-आफ्ना पहिलो शो देखाउने छन्।

वाणिज्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२२ मा चीनको उपभोग्य वस्तुहरूको आयात .९३ ट्रिलियन युआन पुग्ने छ, जुन सन् २०१२ को भन्दा दोब्बर हो, कुल आयातको ११% हो; सीमापार ई-वाणिज्य आयात ५६० अर्ब युआन पुगेको छ भने अघिल्लो वर्षको तुलनामा ४.९ प्रतिशतले वृद्धि भएको छ। उच्च गुणस्तरको उपभोग्य वस्तुको आयात विस्तारले उपभोग स्तरलाई बढाउन जनताको आवश्यकता मात्र पूरा गर्दैन, तर विभिन्न देशहरूमा उद्यमहरूको विकासको लागि अवसरहरू प्रदान गर्दछ।

चीन बाहेक कुल १० रसीइपी सदस्य राष्ट्रले यस एक्स्पोमा सहभागिता जनाएका छन्। त्यसमध्ये जापान, दक्षिण कोरिया, थाइल्याण्ड र भियतनामले राष्ट्रिय मण्डपको रुपमा प्रदर्शनीमा सहभागी भएका छन्। जापानको प्रदर्शनी क्षेत्र ,८०० वर्ग मिटर नाघेको छ, जसमा ५० भन्दा बढी कम्पनीहरूका २५० भन्दा बढी ब्रान्डहरू समावेश छन्। प्रदर्शनी क्षेत्र र ब्रान्डहरूको संख्या दुवैमा आरसीइपी सदस्य देशहरूमा पहिलो स्थानमा छ।