फेरि “गोपनीयता चुहावटको घटना” देखापरेपछि अमेरिकाले कसरी त्यसका संगाति मुलुकहरुलाई व्याख्या गर्ला?
2023-04-13 17:11:50cri
Share with:

चालू वर्षको मार्च महिनाको प्रारम्भदेखि इन्टरनेटमा अमेरिकाको उच्च स्तरको सामरिक खबर सम्बन्धी १०० भन्दा बढी दस्तावेज देखापरेका छन्। अमेरिकी सरकारले रुस-युक्रेन युद्धमा गहन रुपमा भाग लिएर युक्रेन, दक्षिण कोरिया र इजरायलको उच्च तहलाई निरन्तर रुपमा जासूसी गरेको विषयमा सम्बन्धित छ। एक महिना भन्दा बढीको समयमा अमेरिकाको पेन्टागनबाट गोपनीयता चुहिएको घटना विश्वमा फैलिँदै आएको छ।

 

विगत दर्जनौं वर्ष यता अमेरिकाले त्यसका संगाति मुलुकहरुमा जासूसी गरेको कुरा सार्वजनिक गोपनीयता नै हो। तथापि पछिल्लो समयमा भएको सो घटनाले त्यसका संगाति मुलुकहरुलाई धेरै दु:ख दिएको छ। अमेरिकाले रुस-युक्रेन युद्धमा गहन रुपमा भाग लिएर युद्ध प्रवृत्ति नियन्त्रण गर्न खोजेको छ, जसबाट अमेरिकाले त्यसका संगाति मुलुकहरु लगायत कुनै पनि मुलुकको विश्वास नगरेको देखिन्छ।

 

त्यसका अतिरिक्त, जासूसी गर्नु प्रभूत्ववाद तथा स्वार्थ प्राप्तिको अमेरिकी तरिका हो। तथापि विगत केही वर्षयता अमेरिकाले त्यसका संगाति मुलुकहरुलाई दिएको दु:ख जासूसी गर्नु मात्र होइन। अमेरिकाले “आफूलाई केन्द्रमा” राख्ने नीति लिए अनुसार अमेरिकासँगको मित्रता कुनै पनि बेला ध्वस्त हुनसक्छ। अमेरिकी पूर्व विदेश मन्त्री हेनरी किसिङगरले भन्नुभए झैँ, अमेरिकाको शत्रु बन्नु खतरनाक हुनेछ, तर अमेरिकाको साथी बन्नु अझै खतरनाक हुनेछ।