नेपालीको आँखामा चीन ... नेपाल चीन मित्रताको प्रतीक श्वेतचैत्य
2023-04-13 09:29:42CRI
Share with:

चीनको राजधानी सहर बेइजिङमा झण्डै ७५० वर्षदेखि ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेर एउटा विशालकाय श्वेतचैत्य ठडिएको छ। विश्वकै एक विशाल महानगर बेइजिङमा उभिइरहेको यो श्वेतचैत्यले नेपालीको शान पनि उँचो गरेको छ। यो श्वेतचैत्य १३औँ शताब्दीमा संस्कृति र कलाको धनी देश महान् चीनमा नेपाली कलाकार अरनिकोले बनाएको अमर कीर्ति हो।

बेइजिङको सिछङ जिल्लाको फुछङमनमा अवस्थित यो नेपाली कला शैलीको गगनचुम्बी श्वेतचैत्य नेपाल र चीनको सांस्कृतिक आदानप्रदानको ऐतिहासिक साक्षी पनि हो। साथै यो चैत्य चीनको युआनवंशको ज्युँदो इतिहासको रूपमा पनि रहेको छ।

यो श्वेतचैत्य रहेको ठाउँमा पुग्दा म केही क्षण नेपाल नै पुगेको भान हुन्छ। वसन्तपुर, इन्द्रचोक पुगेजस्तै लाग्छ। यहाँ सबैला बेइजिङबाट नयाँ वर्ष २०८० को हार्दिक शुभकामना।

यो श्वेतचैत्य राष्ट्रिय विभूति अरनिकोले सन् १२७१ मा निर्माण थाली सन् १२७९ मा पूरा गरेका थिए। अरनिकोले महान् चीनमा ३ वटा ठूला प्यागोडा र ९ वटा गुम्बाको निर्माणसँगै अनगिन्ती कृतिहरूको रचना गरेका थिए। युआन राजवंशकालमा उनले आफ्नो जीवनको ४५ वर्ष नेपाली कला, संस्कृतिको प्रसारमा समर्पित गरेका थिए। उनको चीनमा सन् १३०६ मा मृत्यु भएको थियो।

यो विशालकाय श्वेतचैत्य नेपाली वास्तुकला, नेपाली कलाकार र नेपालीको गौरव तथा चिनियाँ राष्ट्रको शान, राष्ट्रिय एकताको प्रतीक र नेपाल चीन बीचको मित्रताको प्रतीक बनेर उभिइरहेको छ।

नयाँ वर्ष २०८० को हार्दिक शुभकामना।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/