चीनको वैदेशिक व्यापारको इन्जिन कहाँ छ?
2023-04-14 18:52:25cri
Share with:

थाइल्याण्डको विद्युतीय गाडी बजारमा कुन व्यवसाय पहिलो स्थानमा रहेको छ? त्यसको उत्तर चीनको बियादि व्यवसाय हो। हाल थाइल्याण्डको अटोलाइफ वेभसाइटका अनुसार, चीनको बियादि व्यवसायले उत्पादन गरेको विद्युतीय गाडी गत मार्चमा बिक्री गरिएको संख्या २४३४ वटा पुगेको थियो, त्यो निरन्तर रुपमा तेस्रो पटक थाइल्याण्डमा विक्री गरिएका विजुली गाडीहरुमध्ये पहिलो स्थानमा रहेको छ।

 

यो वैदेशिक व्यापारमा चीनको श्रेष्ठता भएको नयाँ उत्पादन विदेशमा लोकप्रिय भएको एउटा प्रतिनिधि व्यवसाय हो। अखिल चीन भन्सार कार्यालयबाट अप्रिल १३ तारिख सार्वजनिक तथ्यांक अनुसार, चालू वर्षको पहिलो त्रैमासिक अवधिमा मानवसहित विद्युतीय गाडी, लिथियम ब्याट्री र सौर्य उर्जा लगायत “तीनटा नयाँ मालसामान” को निर्यात मात्रा ६६.९ प्रतिशतले वृद्धि भएको छ।

 

बैदेशिक व्यापार चीनको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण सूचि हो। चालू वर्षको शुरुवातमा चीनको वैदेशिक व्यापार स्थिरताका साथ वृद्धि भएको कुराले चीनको अर्थतन्त्रको बलियो आधार तथा भावी राम्रो प्रवृति अभिव्यक्त गरेको छ। यसका साथै चीनले निरन्तर रुपमा उच्च स्तरिय खुलापनलाई अघि बढाउँदै आएको कुराले वैदेशिक व्यापारका लागि दरिलो टेवा पुर्‍याएको छ।

 

हाल गम्भीर तथा जटिल अन्तर्राष्ट्रिय वातावरणमा वैदेशिक व्यापारको भविष्यको सामु यथावत रुपमा ठूलो दबाव देखा परेको छ। तथापि चीनको आर्थिक स्थितिमा सुधार हुँदै जाने परिप्रेक्षमा वैदेशिक व्यापारमा पनि सुधार हुँदै जान सक्ने छ, जसले विश्वलाई अरु बढी फाइदा ल्याउने छ।