चीनमा उद्यश गरिरहेका अर्जेन्टिनाका युवा फङ थ्येनमू
2023-04-14 10:18:38CRI
Share with:

विश्वविद्यालयमा पढ्दैगर्दा अर्जेन्टिनाका युवा फङ थ्येनमूले चीनको विकासमाथि ध्यान दिनुभएको थियो। सन् २०१६ मा अध्ययन गर्न उहाँ चीन आनुभएको थियो। स्नातक भएपछि उहाँले चीनमा उद्यम गर्न थाल्नुभएको छ। उहाँ भन्नुहुन्छ विश्वविद्यालयमा पढ्दा मैले वाणिज्यप्रति चासो लिन थालेँ। त्यस अवधिमा मैले चीनको आर्थिक विकासमाथि ध्यान दिएँ। मैले चीनको विकासमा संलग्न हुने निर्णय गरेँ।

 

सन् २०१६ मा फङ थ्येनमू छिङव्हा विश्वविद्यालयको स्वर्चम्यान अध्ययन प्रतिष्ठानमा भर्ना भई वाणिज्यसम्बन्धमा मास्टर डिग्रीसम्मको अध्ययन गर्नुभयो। उहाँले चीनको विभिन्न क्षेत्रको भ्रमण गर्ने मौका पनि पाउनुभएको छ। चीनको विभिन्न क्षेत्रको भ्रमण गर्नुभएपछि उहाँले एक वर्षमा चीनबारे जानकारी लिन नसक्ने ठहर लिनुभयो। मास्टर डिग्री प्राप्त गर्नुभएपछि फङ थ्येनमूले चीनका लागि अर्जेन्टिनाको राजदूतावासमा रोजगार पाउनुभयो। उहाँले राजदूतावासमा अर्जेन्टिना र चीनको व्यापार र लगानीसम्बन्धी काम गर्नुभयो। त्यस अवधिदेखि उहाँले चीनको ठूलो बजारबारे गहिरो रुपमा जानकारी लिनुभयो।

 

फङ थ्येनमूले चीनको इन्टर्नेटको तीव्र विकास, इ-वाणिज्यको प्रत्यक्ष प्रमासणमार्फन सामानको विक्री गर्ने ढाँचाको मौका छोपेर आफ्नो उद्यम सपना साकार तुल्याउनुभएको छ। उहाँले प्रत्यक्ष प्रसारणमार्फत आफ्नो उत्पाद विक्री गर्नुका साथै आफ्नो सामाजिक सञ्जालमा भिडियो प्रकाशित गरी आफ्नो उत्पाद वस्तुको प्रचार-प्रसार गर्नुभएको छ। फङ भन्नुहुन्छ उपभोक्ताले भिडियो हेरेपछि सामान खरीद गर्ने गर्दछन्। इ-वाणिज्य चौतारो हामीले उपभोक्तासँग सम्पर्क गर्ने राम्रो मौका हो। इन्टर्नेटमा सम्पर्कको तीव्रता धेरै छ र लागत कम छ। चीनको इ-वाणिज्य विकसित छ। चीनको उच्च कार्यकुशलताको ढुवानी प्रणाली छ। इ-वाणिज्य क्षेत्रमा चीनले सबैभन्दा राम्रो गरेको छ।

 

हाल फङ थ्येनमूको टोलीका सदस्य पहिलेको चारजनाबाट बढेर हाल दशजना पुगेको छ। कम्पनीको विकास गर्नका लागि उहाँ पैचिङबाट शाहाई सर्नुभएको छ। उहाँको कम्पनी एक सानो कम्पनी भए तापनि भावी विकासप्रति उहाँ आशावादी हुनुहुन्छ। उहाँ भन्नुहुन्छ उत्पादन क्षेत्रमा चीनको क्षमताले मेरो मनमा गहिरो छाप परेको छ। मेरो विचारमा नयाँ वस्तु उत्पादन गर्ने हो भने चीन सबैभन्दा राम्रो ठाउँ हो। चीनको ढुवानी कार्यकुशलता गजब छ र यस्तो मुलुक मैले अरू देखेको छैन।

 

चालू वर्ष चीन र अर्जेन्टिनाबीचको दौत्य सम्बन्ध स्थापना भएको पचासौ वार्षिकोत्सव हो। दुई मुलुकको सम्बन्ध नवोदित बजार मुलुक र विकासोन्मुख मुलुकबीच एकता र सहयोग, साझा विकासको नमूना बनेको छ। फङ थ्येन मूको विचारमा दुई मुलुकको आर्थिक तथा व्यापारिक आदान-प्रदान र सहयोगले चीनमा आफ्नो कम्पनीको विकासका लागि राम्रो वातावरण उपलब्ध गराएको छ। उहाँले भविष्यमा दुई मुलुकको आर्थिक तथा व्यापारिक सहयोग निरन्तर रुपमा विकास हुने अपेक्षा व्यक्त गर्नुभयो।