राष्ट्राध्यक्ष सी चिनफिङ तथा ब्राजिलका राष्ट्रपति लुला बीच भेट-वार्ता
2023-04-14 19:16:22cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल १४ तारिख दिउँसो जन बृहद् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग भेट-वार्ता गर्नुभएको छ।

 

त्यस अवसरमा राष्ट्राध्यक्ष सीले सर्वप्रथम चीनको भ्रमण गर्नुभएकोमा राष्ट्रपति लुलाको स्वागत गर्नुभयो। ब्राजिलसँगै मिलेर रणनीतिक उचाईबाट नयाँ युगमा चीन-ब्राजिल सम्बन्धको नयाँ भविष्यको सिर्जना र त्यसलाई निर्देशन गर्दै दुवै देशका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

 

चालु वर्ष चीनले सम्पूर्ण रूपमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनको भावनालाई व्यवहारमा उतार्ने पहिलो वर्ष भएकाले चीनले जोडतोडसँग उच्च गुणस्तरीय विकासलाई अघि बढाउँदै नयाँ विकास बनौटको स्थापनालाई शिघ्र पारी उच्च स्तरीय वैदेशिक खुलापनलाई प्रबर्द्धन गरेर ब्राजिल लगायत विश्वका विभिन्न मुलुकसमक्ष अझ बढी अवसर प्रदान गर्दैजाने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।