विकासोन्मुख मुलुकहरुको सार्वभौमिक ऋण समस्याबारे चीनको अडान
2023-04-14 18:52:55cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले विकासोन्मुख मुलुकहरुको सार्वभौमिक ऋण समस्यालाई चीनले उच्च महत्त्व दिँदै त्यसबारे चीनको अडान स्थायी रुपमा राख्दै आएको विचार व्यक्त गर्नुभएको छ।

 

प्रवक्ता वाङले अप्रिल १४ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। हाल आयोजित विश्व सार्वभौमिक ऋण सम्बन्धी गोलमेच बैठकमा चीनले तीनटा यथाशीघ्र भन्ने अवधारणा प्रस्तुत गरेको छ। विभिन्न पक्षले ऋणलाई पछि तिर्ने प्रस्ताव र बाँकी ऋणको समाधान गर्ने संयुक्त प्रारुपलाई वास्तविक रुपमा अपनाएर प्रभावकारी तथा चौतर्फी रुपमा ऋण सम्बन्धी समस्याको समाधान गर्न सक्ने आशा चीनले गरेको कुरा पनि प्रवक्ता वाङले प्रकट गर्नुभयो।