जासुसी गरी अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको उल्लंघन गर्ने अमेरिका
2023-04-14 09:03:23CRI
Share with:

अमेरिकी मिडियाका अनुसार, हालै धेरै सामाजिक सञ्जालहरूमा केही संदिग्ध अमेरिकी सेनाको गोप्य कागजात देखिएको छ। जसबाट रूस-युक्रेन भिडन्तमा अमेरिकी सरकारको गहिरो संलग्नता रहनुका साथै युक्रेनलगायत दक्षिण कोरिया, इजरेल दि सहयोगीहरू लगायत विभिन्न मुलुकमाथि घनिष्ट रूपमा निगरानी गरिरहेको देखिएको छ।

 

रूसी राष्ट्रपतिका प्रेस सचिव पेसकोभले अमेरिकाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि निगरानी गरेको संभावनाला नकार्न नसकिने भन्दै वाशिङटनले यसअघि नै अरू मुलुकका राष्ट्रानायकहरू, विशेष गरी युरोपेली मुलुकका नेताहरूला निगरानी गर्न थालेको बताउनुभएको छ।

 

वास्तवमा विश्वको सबैभन्दा ठूलो ह्याकरको रूपमा रहेको अमेरिकाले नेटवर्क जासुसमा ठूलो मात्रामा लगानी र मानव स्रोत राखेको छ भने लामो समययता अमेरिकी सरकारले राष्ट्रिय हितको नाममा प्रभूत्व जमाउँदै सहयोगीहरू लगायत अरू मुलुकमाथि चतर्फी निगरानी र इन्टरनेट जासुस गरिरहेको छ।

 

सन् २०१३ मा प्रिजम् कार्यक्रम पर्दाफाश गरिएको थियो। सार्वजनिक गोप्य कागजातका अनुसार, अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले ३५ वटा विदेशी नेताका टेलिफोनको निगरानी गरेको छ भने प्राविधिक उपायमार्फत प्रतिदिन विश्वव्यापी ५ अर्ब सूचना संकलन गरेको छ। तीमध्ये तत्कालीन जर्मन प्रधानमन्त्री एन्गेला डोरोथी मर्केल पनि समावेश थिए, उहाँमाथि अमेरिकाको निगरानी गतिबिधि सन् २००२ देखि ट्रेस गरिएको थियो। त्यसपछि पनि अमेरिकाले युरोपेली नेता र सम्बद्ध व्यक्तिमाथि निगरानी गर्न छोडेको छैन। सन् २०१५ मा विकिलिक्सले एउटा सूचना देखाएको थियो कि अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले अघिपछि गरी फ्रान्सका ३ जना राष्ट्रपतिला निगरानी गरेको छ, उहाँहरू जागुएस रेने चिराक, निकोलास सार्कोजी, र फ्रान्कोइस गेरार्ड जोर्च्स निकोलास होलान्डे हुनुहुन्छ।

 

सन् २०२१ मा डेन्मार्क मिडियाले पनि रिपोर्ट गरेको थियो कि सन् २०१२ देखि सन् २०१४ सम्म अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले डेन्मार्क रक्षा जासुस एजेन्सीमार्फत डेन्मार्क नेटवर्कबाट मलिक डाटा संकलन गरी जर्मनी, फ्रान्स, स्वीडेन, नर्वे, नेदर्ल्याण्ड्सलगायत युरोपका विभिन्न मुलुकमाथि निगरानी गरेको थियो र ती मुलुकहरूको कडा विरोध गरेको थियो। फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले पनि सहयोगीबीच निगरानी गर्नु अस्वीकार्य रहेको भन्दै सम्बद्ध गतिबिधिका सबै सूचना प्रदान गर्न डेन्मार्क र अमेरिकासमक्ष ग्रह गर्नुभएको छ।

 

लामो समययता अमेरिकाले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्ध धारभूत नियमको उल्लंघन गरी विदेशी सरकार, व्यवसाय, व्यक्तिमाथि इन्टरनेट जासुस र निगरानी गरिरहेको छ त्यसबाट संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संगठनको नेटवर्क सुरक्षासम्बन्धी ग्लोबल नियमला अमेरिकाले दीर्घकालदेखि अपनाएको छैन र अमेरिका प्राथमिकता को रूपमा प्रभूत्व देखिएको छ। यो नै अमेरिका हो। विकिलिक्स वेबसाइटका संस्थापक जुलियन पसान्जेले भने झैँ निगरानीको सुपर मुलुकको रूपमा रहेको अमेरिकाकालागि नियम एक मात्र छ त्यो नै नियमबिना हो।