विदेशी व्यापारीले किन चीनसँग राम्रो व्यवहार गरे? यस उपभोग्य मेलाबाट दिइएको उत्तर
2023-04-15 16:37:53cri
Share with:

“मलाई चीन निकै मन पर्छ। किनकि यहाँ विकासको ठूलो निहित शक्ति रहेको छ।” अप्रिल १० देखि १५ तारिखसम्म आयोजना गरिएको तेस्रो चाइना अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलामा इटलीको एउटा श्रृंगार वस्तु मार्काका जिम्मेवार व्यक्ति गाइडो एम.ओग्नीबेनीले सीएमजीका सम्वाददातालाई अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनुभएको हो।

 

यस पालिको उपभोग्य वस्तु मेला चीनले महामारी प्रतिरोधात्मक कार्य स्थिर भएपछि आयोजना गरेको पहिलो बिशाल अन्तर्राष्ट्रिय मेला भएकाले विश्वका ६० भन्दा बढी मुलुक र क्षेत्रका ४ हजारभन्दा बढी उपभोग्य वस्तुहरू सो मेलामा प्रदर्शनी भएको छ।

 

हाल चीन विश्वको दोस्रो ठूलो मालसामान उपभोग्य बजार र नेटवर्कको पहिलो ठूलो खुद्रा बिक्री बजार नै हो। बितेका केही वर्षयता चिनियाँहरूको उपभोग्य स्तर उठ्दै आएको प्रवृत्ति एकदमै स्पष्ट बन्नुका साथै “उपभोग्य सिर्जनशीलता” भन्ने शब्द पनि यस पालिको उपभोग्य वस्तु मेलाको सबभन्दा ध्यानाकर्षणको विषय बनेको देखिन्छ।

 

चालु वर्ष चीनले लगातार रूपमा उच्चस्तरीय वैदेशिक खुलापनलाई अघि बढाउँदै जानेछ। चीनले वास्तविक गतिबिधिमार्फत आफ्नो वचन बद्धतालाई व्यवहारमा उतार्दै जाने छ कि अनिश्चित विश्वमा चीनको निश्चितता नै विश्व शान्ति र विकासको संरक्षण गर्ने मुख्य स्तम्भ रहेको छ।