परराष्ट्र मन्त्री छिन काङ र जर्मनीकी विदेश मन्त्री आन्नालिना बाएरबोकद्वारा चीन-जर्मनी कूटनीति तथा सुरक्षा सम्बन्धी छैठौँ रणनीतिक संवादको आयोजना
2023-04-15 16:37:18cri
Share with:

चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङले अप्रिल १४ तारिख पैचिङमा जर्मनीकी विदेश मन्त्री आन्नालिना बाएरबोकसँग चीन-जर्मनी कूटनीति तथा सुरक्षा सम्बन्धी छैठौँ रणनीतिक संवादको आयोजना गर्नुभएको छ।

 

परराष्ट्र मन्त्री छिन काङले चीन र जर्मनी प्रतिद्वन्द्वी नभएर साझेदार भएको भन्दै दुवै पक्षले स्वतन्त्र रुपमा पारस्परिक सम्बन्धको विकास गर्नुपर्ने बताउनुभयो। उहाँले वर्तमान चीनले गुणस्तरीय विकासलाई अघि बढाइरहेको कुराले जर्मनी लगायत विश्वका मुलुकहरुलाई अरु बढी सुअवसर प्रदान गर्ने भन्दै जर्मनीसँग सर्वतोमुखी आदान-प्रदान गर्न सम्पूर्ण क्षेत्रमा सहयोग गर्न चीन इच्छुक रहेको बताउनुभयो।

 

त्यसै गरी जर्मनीकी विदेश मन्त्री बाएरबोकले जर्मनीले स्वतन्त्र रुपमा चीनसँगको सम्बन्धको विकास गरिरहेको भन्दै दुई मुलुकका विभिन्न क्षेत्र बीचको आदान-प्रदान तथा संवादको यथाशीघ्र पुन:आयोजना गर्ने जर्मनीले अपेक्षा गरेको बताउनुभयो।