चीनका उप राष्ट्राध्यक्ष हान चङद्वारा नेपाली नयाँ निर्वाचित उप राष्ट्रपति यादवलाई बधाई सन्देश
2023-04-15 20:36:32cri
Share with:

चीनका उप राष्ट्राध्यक्ष हान चङले गत मार्च २८ तारिख रामसहाय  यादवलाई बधाई सन्देश पठाउँदै उहाँ नेपाली उप राष्ट्रपतिमा नियुक्त हुनुभएकोमा शुभकामना व्यक्त गर्नुभएको छ।

 

आफ्नो सन्देशमा उप राष्ट्राध्यक्ष हान चङले चीन र नेपाल परम्परागत मैत्रीपूर्ण छिमेकी हुन् भन्दै बितेका केही वर्षयता दुवै देश बीचको राजनीतिक पारस्परिक विश्वास निरन्तर रूपमा सबल हुँदै आएको, बेल्ट एण्ड रोडको सहकार्य उपलब्धि उल्लेखनीय रहेको र लोक क्षेत्रको मैत्रीपूर्ण भावना पनि दिनप्रति दिन घनिष्ट हुँदै आएको कुरा औंल्याउनुभयो। उपराष्ट्रपति यादवसँगै घनिष्ट सहकार्य गरी दुवै देश बीच विकास र समृद्भि उन्मुख हुने मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर रूपमा अघि बढाउँदै जान आफु इच्छुक रहेको कुरा पनि उहाँले उक्त सन्देशमा प्रकट गर्नुभएको छ।