एक मात्र चीनको सिद्धान्त पालना गर्नका लागि थाइवान पृथकतावादीको स्पष्ट विरोध गर्नुपर्ने परराष्ट्र मन्त्रीको भनाई
2023-04-15 16:36:52cri
Share with:

चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङले अप्रिल १४ तारिख पैचिङमा जर्मनीकी विदेश मन्त्री आन्नालिना बाएरबोकसँग चीन-जर्मनी कूटनीति तथा सुरक्षा सम्बन्धी छैठौँ रणनीतिक संवादको आयोजनापछि संयुक्त रुपमा पत्रकारहरुसँग साक्षात्कार गर्नुभएको छ।

 

जर्मनीले एक मात्र चीनको सिद्धान्तको पालना गरेतापनि वर्तमान थाइवान जल डमरुको तनावपूर्ण स्थितिप्रति व्यक्त गरेको चिन्तालाई लक्षित गर्दै परराष्ट्र मन्त्री छिन काङले विश्वमा एउटै मात्र चीन रहेको र थाइवान चीनको एउटा अविभाज्य भाग हो भन्ने कुरामा जोड दिनुभयो। उहाँले जन गणतन्त्र चीनको सरकार सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एउटै मात्र वैधानिक सरकार हो भन्दै थाइवान मामिला चीनको आन्तरिक मामिला हो र त्यसमाथि कुनै पनि बाह्य शक्तिले हस्तक्षेप गर्ने छुट चीनले नदिने बताउनुभयो। उहाँले अरु देश जस्तै चिनियाँ सरकार तथा चिनियाँ जनताले राष्ट्रिय सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्णताको दृढताका साथ संरक्षण गर्नुपर्ने भन्दै एक मात्र चीनको सिद्धान्त अपनाउन स्वतन्त्र थाइवान पक्षधरको स्पष्टसँग विरोध गरिनुपर्ने औँल्याउनुभयो।