“छ्यौ श” पत्रिकाद्वारा राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख प्रकाशित हुने
2023-04-15 16:36:23cri
Share with:

अप्रिल १६ तारिख प्रकाशित गरिने आठौं “छ्यौ श” पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख अर्थात् “नयाँ विकास बनौटको निर्माणलाई तीव्र पार्दै भावी विकासको सक्रियतालाई हातमा लिने” शीर्षकमा रहेको लेख प्रकाशित गर्नेछ।

 

सो लेखमा भनिएको छ कि नयाँ विकास बनौटको निर्माणलाई शीघ्र पारेपछि मात्र चीनको आर्थिक विकासको जगलाई बलियो पार्नसक्ने, विकासको सुरक्षा र स्थिरतालाई सबल पार्नसक्ने र अनुमान गर्नसकिने अथवा गर्न नसकिने विविध खतरा र चुनौतीको सामना गर्दा चीनको बाँच्ने शक्ति, प्रतिस्पर्धात्मक शक्ति, विकास शक्ति र लगातार शक्तिलाई प्रबर्द्धन गर्नसक्ने छ। जसबाट सम्पूर्ण रूपमा समाजवादी आधुनिकीकरण सशक्त मुलुकको निर्माण गर्ने लक्ष्यलाई सफलताका साथ साकार तुल्याउन सकिने कुरा पनि उक्त लेखमा जोड दिइएको छ।