सुडानमा भएको सशस्त्र भिडन्तबारे चीनको परराष्ट्र मन्त्रालयको भनाइ
2023-04-16 16:44:53cri
Share with:

अप्रिल १५ तारिख सुडानको सशस्त्र फौज र तीव्र समर्थक फौजबीच राजधानी खार्तुम लगायतका ठाउँमा भयङ्कर सशस्त्र भिडन्त भएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले यसबारे पत्रकारको सम्बद्ध प्रश्नको जवाफ दिनुभएको छ।

 

चीनले सुडान परिस्थितिको पछिल्लो अवस्थाको उच्च ख्याल विचार गर्नुका साथै परिस्थितिलाई चर्कँन नदिन छिटोभन्दा छिटो गरी युद्धविराम गर्न भिडन्तका दुवै पक्षसँग आह्वान गरेको कुरा प्रवक्ताले बताउनुभयो। यसका अतिरिक्त सुडानका विभिन्न पक्षहरूले आपसी सम्झौता वार्तालाई सबल पारी सँगै मिलेर राजनीतिक संक्रमणकालीन प्रक्रियालाई अघि बढाउनसक्ने आशा चीनले गरेको कुरा पनि प्रवक्ताले बताउनुभएको छ।