क्वाङ तोङ आयात-निर्यात मेलाको आयोजना भएको ६७ वर्षयता निर्यातको कूल मात्रा १५ खर्ब अमेरिकी डलर
2023-04-16 16:43:49cri
Share with:

क्वाङ तोङ आयात-निर्यात मेलाका उप-सचिव, चिनियाँ वैदेशिक व्यापार केन्द्रका उप-प्रमुख वन चोङ ल्याङले अप्रिल १६ तारिख चीन-अफ्रिका तथा पश्चिम एसिया आर्थिक तथा व्यापारिक सहयोग सम्बन्धी नयाँ सुअवसर मञ्चमा सहभागी हुँदै क्वाङ तोङ आयात-निर्यात मेला विदेशका लागि चीनको खुलापनको महत्त्वपूर्ण झ्याल भएको र वैदेशिक व्यापारका लागि चीनको महत्त्वपूर्ण मञ्च भएको कुरा व्यक्त गर्नुभएको छ।

 

वन चोङ ल्याङका अनुसार, क्वाङ तोङ आयात-निर्यात मेलाको आयोजना भएको ६७ वर्षयता निर्यातको कूल मात्रा १५ खर्ब अमेरिकी डलर पुगिसकेको छ, अनलाइन र अफलाइनमा मेलामा सहभागी विदेशी व्यवसायीको संख्या करिब १ करोड पुगिसकेको छ, क्वाङ तोङ आयात र निर्यात मेलाले चीन र विश्वका विभिन्न मुलुकहरु बीचको आर्थिक तथा व्यापारिक सम्बन्धको विकासलाई अघि बढाउन विशेष भूमिका खेलेको छ।