१३३ औँ क्वाङ तोङ आयात-निर्यात मेलाको उद्घाटन
2023-04-16 16:44:21cri
Share with:

१३३ औँ क्वाङ तोङ आयात-निर्यात मेला अप्रिल १५ तारिख औपचारिक रुपमा शुरु भएको छ। अप्रिल १५ तारिखदेखि मेइ ५ तारिखसम्म आयोजना हुने यस पटकको क्वाङ तोङ आयात-निर्यात मेलालाई तीन भागमा विभाजन गरिनेछ। यस पटकको मेला इतिहासमा सबैभन्दा ठूलो पैमानामा हुने छ। प्रदर्शनीको क्षेत्रफल तथा मेलामा सहभागी व्यवसायहरुको संख्याले इतिहासको नयाँ कीर्तिमानी सिर्जना गरेको छ।

 

प्राप्त जानकारी अनुसार, क्वाङ तोङ आयात-निर्यात मेलामा प्रत्यक्षरुपमा सहभागी भएका व्यवसायहरुको संख्या ३४ हजार वटा भन्दा बढी छ भने पहिलो पटक सहभागी व्यवसायहरुको संख्या ९ हजार वटा भन्दा बढी छ, अनलाइनमा सहभागी व्यवसायहरुको संख्या ३९ हजार २८१ वटा पुगेको छ। ४० वटा मुलुक तथा क्षेत्रका ५०८ वटा व्यवसायले १२ व्यवसायिक प्रदर्शन क्षेत्रमा भाग लिएका छन्, तीमध्ये “बेल्ट एण्ड रोड” वरिपरिका मुलुक तथा क्षेत्रका व्यवसायहरु ७३ प्रतिशत रहेको छ।