पूर्वी र पश्चिमी गोलार्धका पुराना साथीद्वारा नयाँ भविष्यको आरम्भ
2023-04-16 19:44:01cri
Share with:

“चीन-ब्राजिलका नेताद्वारा इतिहासको सिर्जना”, “लुलाको चीन भ्रमणबाट ब्राजिलका लागि अवसरको ढोका”, “राष्ट्राध्यक्ष सी चिनफिङसँगको वार्तापछि राष्ट्रपति लुलाको ‘सुटकेस’मा विभिन्न किसिमका द्वीपक्षीय सम्झौता र सहकार्य योजनाले भरिपूर्ण” आदि भनेर ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको गत १५ तारिख सम्पन्न चीन भ्रमणका बारेमा ब्राजिलका सञ्चारमाध्यम र विभिन्न क्षेत्रले सकारात्मक मूल्याङकन गरेका छन्। सबैले के ठहर गरेका छन् भने चीन र ब्राजिल दुवै देशका राष्ट्रनायकले अर्को चरणमा द्वीपक्षीय सहकार्यको दिशालाई निश्चित पार्नुका साथै दुवै देशका लागि नयाँ भविष्य पनि आरम्भ गर्नुभएको छ।

गत १४ तारिख आयोजित भेटवार्तामा राष्ट्राध्यक्ष सी चिनफिङले ‘३ वटा दृढता’ भन्ने शब्दमार्फत् चीन-ब्राजिल राजनीतिक पारस्परिक विश्वास रणनीतिक सम्पर्क र आदानप्रदानको विस्तृत रूपमा ब्याख्या गर्नुभएको थियो। त्यस अवसरमा राष्ट्रपति लुलाले ब्राजिल-चीन सम्बन्धले व्यापारिक क्षेत्र पार गर्नसक्ने आशा पनि प्रकट गर्नुभएको थियो। उहाँहरूले एकमतका साथ रणनीतिक उचाई भन्ने शब्दद्वारा द्वीपक्षीय सम्बन्धको व्यवहार गर्नुभयो। त्यसबाट दुवै पक्षको राजनीतिक पारस्परिक स्तर नयाँ उचाईमा पुगिसकेको र नयाँ युगमा दुवै देशबीचको सम्बन्धको जग अझ प्रगाढ हुनसक्ने प्रतिबिम्बित भएको छ।