चिनियाँ केन्द्रिय सरकारबाट किसानलाई १० अर्ब युआनको भत्ता दिइने
2023-04-17 15:42:40CRI
Share with:

वसन्त रोपण तथा उत्पादनलाई समर्थन दिनुका साथै रोपण सक्रियतालाई अझै उत्साहित गर्नका लागि चिनियाँ केन्द्रिय सरकारले अन्नपात रोप्ने किसानलाई जम्मा १० अर्ब युआनको भत्ता दिएको छ। 

भत्ता पाउने सबै वास्तविक रूपमा अन्नपात रोप्ने किसानहरू हुन्। विभिन्न क्षेत्रले स्थानीय अवस्थाबमोजिम भत्ताको मापदण्ड निश्चित गरेर आधुनिकीकरण सूचना प्रविधिमार्फत् भत्ता वितरणको प्रत्याभूति गर्नुपर्ने चिनियाँ अर्थमन्त्रालयले जनाएको छ।