अमेरिकाले चिनियाँ कम्पनी र नागरिकहरूमाथि मुद्दा चलाउने र प्रतिबन्ध लगाउने घोषणामा चीनको गम्भीर ध्यानाकर्षण
2023-04-17 18:49:47CRI
Share with:

अप्रिल १७ मा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। सो क्रममा एक पत्रकारले स्थानीय समय अप्रिल १४ मा अमेरिकी सरकारले फेन्टानिलको रासायनिक अग्रसरमा संलग्न चिनियाँ कम्पनी र नागरिकहरू विरुद्ध मुद्दा चलाउने र प्रतिबन्ध लगाउने घोषणा सम्बन्धमा चीनको टिप्पणी के छ भन्दै प्रश्न सोधेका थिए।

 

वाङ वनपिनले भन्नुभयो कि अमेरिकाले एकातिर चीनलाई लागुऔषधविरुद्धको सहयोग पुन: सुरु गर्न आग्रह राखेको छ तर अर्कोतर्फ चीनको वैधानिक अधिकार र हितको गम्भीर उल्लङ्घन गरिरहेको छ। चीनले यसको कडा शब्दमा निन्दा गरेको छ र यस सम्बन्धमा अमेरिकासँग सम्पर्क गरेको छ।

 

चिनियाँ कम्पनी र नागरिकहरूविरुद्ध अमेरिकी अभियोजन र प्रतिबन्धले चीन-अमेरिका लागुऔषधविरुद्धको सहकार्यमा थप बाधा सिर्जना गर्ने छ। यदि अमेरिकाले इमानदारीपूर्वक घरेलु लागूऔषध समस्या समाधान गर्न चाहन्छ भने उसले तथ्यहरूको सम्मान गर्नुपर्छ र आफ्ना गल्तीहरू सच्याउनुपर्छ तथा अन्यलाई दोषारोपण गर्न बन्द गर्नुपर्छ। चिनियाँ कम्पनी र व्यक्तिहरूको वैध अधिकार र हितको रक्षा गर्न चीनले आवश्यक कदम चाल्ने छ।