चिनियाँ आयात-निर्यात सामान व्यापार मेलामा नयाँ वस्तुहरू
2023-04-17 15:17:41CRI
Share with:

हाल जारी १३३ औँ चिनियाँ आयात-निर्यात सामान व्यापार मेलामा उच्च वैज्ञानिक तथा प्राविधिक, हरित र स्मार्ट नयाँ वस्तुहरू सामूहिक रूपमा प्रदर्शन गरिएका छन्।

 

नयाँ स्रोत गाडी तथा स्मार्ट जडान वाहन प्रदर्शन क्षेत्रमा विविध प्रकारका मानवरहित एयरो-क्राफ्ट ज्यादै आकर्षित देखिएका छन्। अग्नि नियन्त्रक र ढुवानी गर्ने दुइटा एयरो-क्राफ्ट पनि पहिलोपटक प्रदर्शन गरिएका हुन्।

त्यसबाहेक मानवरहित ट्याक्सी, ढुवानी गाडी, बसलगायतका वाहनहरूको अनुभव गर्न धेरै व्यापारीहरू ध्यानाकर्षित भएका छन्। 

यो चिनियाँ आयात-निर्यात सामान व्यापार मेलाले अनलाइन र अफलाइन दुवै तरिकाद्वारा करिब ३०० पटक नयाँ वस्तुको पहिलोपटक प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ।